आइतबार, असार २१, २०८३

जिनाब्रीको ह्याट्रिकमा बायर्नको सहज जित

मंगलबार राति भएको खेलमा जिनाब्रीको ह्याट्रिक र लेवाण्डोस्कीले दुई गोलमा भ्रमणकारी टोली बायर्नले भीएफबी स्टुटगार्डलाई ५-० अन्तरले पराजित गर्‍यो।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं- अट्याकर सर्जी जिनाब्रीको ह्याट्रिक र रोबर्ट लेवाण्डोस्कीको दुई गोलमा बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा सहज जित पाएको छ। 

मंगलबार राति भएको खेलमा जिनाब्रीको ह्याट्रिक र लेवाण्डोस्कीले दुई गोलमा भ्रमणकारी टोली बायर्नले भीएफबी स्टुटगार्डलाई ५-० अन्तरले पराजित गर्‍यो। 

स्टुटगार्डको घरेलु मैदान मार्काडेज बेन्च एरिनामा भएको खेलमा ४०औँ मिनेटमा जिनाब्रीले सुरुआती अग्रता बनाए। ५३औँ मिनेटमा जिनाब्रीले दोहोरो अग्रता दिलाए।  

६९औँ मिनेटमा लेवाण्डोस्कीले व्यक्तिगत पहिलो गोल गरे भने ७२ औँ मिनेटमा लेवाण्डोस्कीले दोहोरो तथा टोलीको लागि ४-० को अन्तर बनाए। खेलको ७४ मिनेटमा जिनाब्रीले ह्याट्रिक तथा टोलीको लागि पाँचौं गोल गरे। 

जितसँगै बायर्नले शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ। बायर्नको १६ खेलमा ४० अंक छ। एक खेल कम खेलेर दोस्रो स्थानमा रहेको डर्टमण्डसँग ३१ अंक छ। पराजित स्टुटगार्ड भने समान खेलबाट १७ अंक बनाउँदा १५औँ स्थानमा छ। 

प्रकाशित: Dec 15, 2021| 08:35 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।