आइतबार, असार २१, २०८३

लिड्सविरुद्ध सिटीले गर्‍यो गोलको वर्षा

मंगलबार राति घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले लिड्स युनाईटेडलाई ७-० अन्तरले पराजित गरेको हो। सिटीको जितमा केभिन डे ब्रुयनले दुई तथा फिल फोडेन, ज्याक ग्रीयलिस, रियाद मेहरेज, जोन स्टोनेस र नाथन अकेले १/१ गोल गरे।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं- अट्याकरले प्रभावशाली प्रदर्शन गरेपछि इंग्लिस प्रिमियर लिगमा पेप ग्वार्डिओलाको म्यानचेष्टर सिटीले लिड्स युनाईटेडविरुद्ध आधा दर्जन गोलको वर्षा गरेको छ। 

मंगलबार राति घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले लिड्स युनाईटेडलाई ७-० अन्तरले पराजित गरेको हो। सिटीको जितमा केभिन डे ब्रुयनले दुई तथा फिल फोडेन, ज्याक ग्रीयलिस, रियाद मेहरेज, जोन स्टोनेस र नाथन अकेले १/१ गोल गरे। 

सिटीका अट्याकरले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पहिलो हाफमै ३ गोल भएको थियो भने दोस्रो हाफमा थप ४ गोल भए। डिफेन्डिङ च्याम्पियन सिटीको यो सिजनकै सबैभन्दा ठूलो जित हो। 

खेलको आठौँ मिनेटमा फिल  फोडेनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। १३औँ मिनेटमा ज्याकले गोल गर्दा सिटीले दोहोरो अग्रता बनायो। ३२औँ मिनेटमा डि ब्रुयनले गोल गर्दा सिटीले पहिलो हाफमै ३-० अन्तरको अग्रता बनायो।

रियादको गोलमा ४९ औं मिनेटमा सिटीले चौथो अग्रता बनायो। ६२ मिनेटमा ब्रुयनले ब्यक्तिगत दोस्रो गोल गरे। स्टोनेसले ७४ औं मिनेटमा आधा दर्जन गोल पुर्याए। नाथनले ७८ औं मिनेटमा गोल गर्दा सिटीले ७-० अन्तरको फराकिलो जित पायो। मंगलबार रातिनै भएको खेलमा एस्टन भिल्लाले घरेलु टोली नर्विचलाई २-० अन्तरले पराजित गर्‍यो। 

जितसँगै सिटीले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ। १७ खेल खेलेको सिटी ४१ अंक बनाएको छ। १ खेल कम खेलेको लिभरपुल ३७ अंक सहित दोस्रो स्थानमा छ। पराजित लिड्स भने १७ खेलबाट १६ अंक बनाउँदा १६ औं स्थानमा छ। 

प्रकाशित: Dec 15, 2021| 07:35 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।