आइतबार, असार २१, २०८३

रद्द भयो च्याम्यियन्स लिगको पहिलो ड्र, यस्तो छ अबको तालिका

युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को ड्र सम्पन्न भएको केही क्षणमै रद्द भएको छ। सोमबार साँझ सम्पन्न ड्रमा प्राविधिक गडबडी भएको बताउँदै युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले ड्र रद्द गरेको हो।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं– युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को ड्र सम्पन्न भएको केही क्षणमै रद्द भएको छ। सोमबार साँझ सम्पन्न ड्रमा प्राविधिक गडबडी भएको बताउँदै युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले ड्र रद्द गरेको हो।

‘सफ्टोएरको बाह्य सेवा प्रदायक जसले कुन टिमले एकअर्काविरुद्ध खेल्ने भन्ने निर्णय दिन्छ, त्यसमा देखिएको प्राविधिक समस्याका कारण केही त्रुटि देखिएको छ,’ यूईएफएले सूचनामा लेखेको छ, ‘त्यसले पहिलेको ड्र मान्य हुने छैन र दोस्रो ड्र हुनेछ।’

युईएफएले सोमबार राति दोस्रो ड्र सम्पन्न गरेको थियो। सो ड्रबाट पहिलेको ड्रमाभन्दा फरक नजित देखिएको छ।

यस्तो छ दोस्रो ड्रबाट प्राप्त भएको खेल तालिका:

पीएसजी र रियल मड्रिड

स्पोर्टिङ र म्यानचेस्टर सिटी

आरबी साल्जबर्ग र बायर्न म्युनिख

इन्टर मिलान र लिभरपुल

चेल्सी र लिल्ल

भिल्ला रियल र  युभेन्टस

एट्लेटिको मड्रिड र म्यानचेस्टर युनाइटेड

बेन्फिका र आयाक्स

प्रकाशित: Dec 14, 2021| 10:17 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।