शनिबार, माघ ३, २०८२

जावलाखेल युथ क्लबले जोड्यो पहिलो अंक

सहिद स्मारक ए डिभिजन लिगको सुरुवाती तीन खेलमा हार खेपेको जावलाखेल युथ क्लबले सोमबार पहिलो अंक जोडेको छ।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको सुरुवाती तीन खेलमा हार खेपेको जावलाखेल युथ क्लबले सोमबार पहिलो अंक जोडेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न चौथो खेलमा उसले ब्रिगेड बोइज क्लब (बिबीसी) विरुद्ध गोलरहित बराबरी खेल्दै एक अंक जोडेको हो।

National life

खेल निकै रोमाञ्चक बने पनि उसले बीबीसीविरुद्धका खेलमा गोल गर्न सकेन। लिगमा सबैभन्दा धेरै गोलका अवसर बनाएको  र विपक्षीका रक्षकलाई धौधौ बनाउँदै आएको जवालाखेलका लागि गोल नहुनु नै सबैभन्दा ठूलो समस्या हो।

आजको खेलमा पनि त्यस्तै भयो। उसले बीबीसीविरिुद्ध धेरै अवसर बनायो, त्यसमध्ये १५ औं मिनेटको अवसर जवालखेलले गुमाएको सबैभन्दा सुनौलो अवसर थियो।

बीबीसीका गोलकिपर अन्जल श्रेष्ठ अघि बढिसकेको अवस्थामा जावलाखेलका ओन्गुना एकेन्गुए जुनियरले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार पोस्ट भित्र छिर्न नसकी पोस्टअघि ठोक्किएर क्रसबारमाथिबाट बाहिरिएको थियो।

त्यो अवस्थामा बीबीका बेरट्रेन्ड ओट्टू र गोलकिपर निरिह रहे। खेलको ३०औं मिनेटमा जवाखेलले अर्को अवसर खेर फाल्यो रुप बहादुर लामाको क्रस ओन्गुनाले केही इन्चले मिस गरेपछि जवालखेलले गोलको अर्को अवसर गुमायो।

Laxmi sunrise bank
kumari

जावलाखेलविरुद्ध बीबीसीको टिम निरिह रह्यो। उसले पहिलो हाफभरी गोलका अवसर पनि सिर्जन गर्न सकेन। 

तर खेलको ६० औं मिनेटमा बीबीसीले अट्याकिङ थर्डमा एउटा अवसर बनाए पनि उसका एक खेलाडी अफसाइड रहे। खेलको ६३औं मिनेटमा भने बिबिसीले पहिलो पटक विपक्षीको पोस्टको दिशामा प्रहार गर्न सक्यो। भुवन बस्नेतले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहारले गोलकिपर टिकेन्द्र सिंह थापाको हातसम्मको यात्रा गर्‍यो।

खेलको ५८ औं मिनटमा पेनाल्टी बक्स भित्रबाट लाइक एनजीमीले गरेको प्रहार गोलकिपर अन्जलले मुस्किलले बचाएका थिए।

खेलको अन्तिम २० मिनेटमा जवालखेलका प्रशिक्षक किशोर कुमार केसी टेक्निकल एरियामा निकै तनावमा देखिन्थे। किनभने उनको टिमले मैदानमा ३६० मिनेट विताउँदा पनि गोल गर्ने छाँटकाँट देखिएको  थिएन। 

त्यो समय उनका लागि कति महत्वपूर्ण थियो उनीबाहेक सायद कसैले बुझ्ला। टचलाइन अघि बसेर उनले हरेक मिनेटमा घडि हेरिरकेका थिए। उनी यताउता गरिरहेका थिए भने अरु खेलको तुलनामा ठूलो स्वरमा खेलाडीलाई सिकाइरहेका हुन्थे।

तर जावलाखेलले गोल गर्न सकेन। तर उसलले लिगमा पहिलो अंक पायो। र, पहिलो पटक क्लिन सिट राख्न सफल भयो।

खेलपछि दुवै टिमका प्रशिक्षकले रेफ्रीको आलोचना गरेका छन्। जवालखेलका प्रशिक्षक किशोर कुमार केसीले रेफ्रीले ब्याच नलागाएको भन्दै आलोचना गरे भने रेफ्रिका विभिन्न निणर्यहरुमा गल्ती भएको बारे प्रशिक्षक सनोज श्रेष्ठले पनि केसीको समर्थन गरे।

प्रकाशित: Dec 13, 2021| 22:14 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।