आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोपियन च्याम्पियन्स लिगमा मेस्सीको टिमविरुद्ध रोनाल्डोको टिमको भेट

युरोपियन च्याम्पियन्स लिगमा मेस्सीको टिमविरुद्ध रोनाल्डोको टिमको भेट

च्याम्पियन्स लिगको अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं– च्याम्पियन्स लिगको अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ। तालिकामा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको टिम म्यानचेस्टर युनाइटेड विरुद्ध लियोनेल मेस्सीको टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) ले खेल्ने भएको छ।

यी २ टिमको पहिले लेगको खेल फेब्रुअरी १५ मा पेरिसमा हुनेछ। यी २ टिमको दोस्रो लेगको खेल मार्च ८ मा म्यान्चेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ।

कोभिड महामारीको समयमा बार्सिलोना र युभेन्टसले च्याम्पियन्स लिगको अघिल्लो सिजनमा खेलेका थिए। त्यो खेलमा पनि रोनाल्डो र मेस्सी भेट भएका थिए।

रोनाल्डो यसअघि युनाइटेडमा रहँदा मेस्सीसँग च्याम्पियन्स लिगमा भेट भएका थिए। त्यसपछि यी २ खेलाडीले लामो समय एउटै लिग (ला लिगा) मा भिन्न टिमबाट खेलेका थिए। त्यहाँ यी २ खेलाडी विश्वका सर्वोत्कृष्ट मानिँदै आएका थिए।

यस्तो छ तालिका  

 






प्रकाशित: Dec 13, 2021| 17:36 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।