काठमाडौं– च्याम्पियन्स लिगको अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ। तालिकामा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको टिम म्यानचेस्टर युनाइटेड विरुद्ध लियोनेल मेस्सीको टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) ले खेल्ने भएको छ।
यी २ टिमको पहिले लेगको खेल फेब्रुअरी १५ मा पेरिसमा हुनेछ। यी २ टिमको दोस्रो लेगको खेल मार्च ८ मा म्यान्चेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ।
कोभिड महामारीको समयमा बार्सिलोना र युभेन्टसले च्याम्पियन्स लिगको अघिल्लो सिजनमा खेलेका थिए। त्यो खेलमा पनि रोनाल्डो र मेस्सी भेट भएका थिए।
रोनाल्डो यसअघि युनाइटेडमा रहँदा मेस्सीसँग च्याम्पियन्स लिगमा भेट भएका थिए। त्यसपछि यी २ खेलाडीले लामो समय एउटै लिग (ला लिगा) मा भिन्न टिमबाट खेलेका थिए। त्यहाँ यी २ खेलाडी विश्वका सर्वोत्कृष्ट मानिँदै आएका थिए।
यस्तो छ तालिका 