आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • महिला क्रिकेटमा पहिलो पुस्ताकी खेलाडी सीता, जो निरन्तर लयमा छिन्

महिला क्रिकेटमा पहिलो पुस्ताकी खेलाडी सीता, जो निरन्तर लयमा छिन्

यति लामो समयसम्म उत्कृष्ट लयमा कसरी त? जवाफमा सीता भन्छिन्, ‘म एपीएफमा आबद्ध भएँ। त्यसैले आयस्रोतको खासै समस्या भएन। हाम्रो काम नै अभ्यास गर्ने भयो। अरु एपीएफ कर्मचारीको अरु ड्युटी हुन्थ्यो। हाम्रो ड्युटी भनेकै क्रिकेट खेल्ने हुन्छ। त्यसो भएकाले खेल लयमा रहिरहन सकेको हो।’
 |  मंगलबार, मंसिर २८, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, मंसिर २८, २०७८

vianetvianet

काठमाडौं– नेपाली महिला क्रिकेटरका लागि प्रेरणाको स्रोत हुन् सीता राना मगर। जसरी उनका समर्थकहरु थपिँदै गए, उनको खेलमा पनि सुधार हुँदै गयो। लगातार उस्तै प्रदर्शन गर्न सकेकै कारण सीता अहिले राष्ट्रिय टिममा १४ वर्षे यात्रामा छिन्।

triton college

‘जति खेल्दै गएँ, टिममा सिनियर बन्दै गएँ त्यसपछि जुनियरहरुले आएर ‘तपाईं मरो आइडल’ भनेको सुन्दा झन् खुसी लाग्थ्यो,’ उनी आफ्ना समर्थकसँगको अनुभव साट्दै भन्छिन्, ‘मलाई देखेर नयाँ खेलाडी पनि आइरहेका रहेछन्। त्यसैले मैले अझै राम्रो गर्नुपर्छ, ताकि जसले मलाई पछ्याइरहेको छ उनीहरुलाई पनि थप प्रेरणा बनोस्।’

सन् २००७ मा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गर्दा उनी त्यो टिमकी सदस्य थिइन्। त्यो समय नेपालले मलेसियामा थाइल्यान्डविरुद्ध पहिलो खेल खेल्यो। त्यो डेब्यू यता अलराउन्डर सीताको कर्म नै क्रिकेट खेल्नु बन्यो।

यति लामो समयसम्म उत्कृष्ट लयमा कसरी त? जवाफमा सीता भन्छिन्, ‘म एपीएफमा आबद्ध भएँ। त्यसैले आयस्रोतको खासै समस्या भएन। हाम्रो काम नै अभ्यास गर्ने भयो। अरु एपीएफ कर्मचारीको अरु ड्युटी हुन्थ्यो। हाम्रो ड्युटी भनेकै क्रिकेट खेल्ने हुन्छ। त्यसो भएकाले खेल लयमा रहिरहन सकेको हो।’

सुरुसुरुमा नेपाली टिमले अन्तर्राष्ट्रिय खेल खेले पनि २०१८ अप्रिलमा मात्र नेपाली महिला क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टी२० आईको मान्यता दिएको हो। त्यतिबेला आईसीसीले आफ्ना सबै सदस्य देशहरुलाई टी२० आईको मान्यता दिएपछि नेपालले पनि सो मान्यता पाएको हो।

National life insurance

मान्यता पाएयता नेपालले २२ अन्तर्राष्ट्रिय खेल खेलेको छ। सीताले २०१९ मा चीनसँग खेल्दै टी२० आईमा पनि डेब्यू गरिन्। टी–२० आईमा त्यो नेपाली टिमकै डेब्यू थियो।

त्यसयता नेपाली उपकप्तान सीताले २१ खेलमा सहभागिता जनाएकी छन्। ‘नेपालको २२ हुँदा मेरो २१ छ, एउटा खेल कम्ति खेलेकी छु। अस्ति कतारसँगको सिरिजको बेला एक खेलमा आराम पाएकी थिएँ। खेलाडीका लागि आराम पनि उत्तिकै जरुरी हुन्छ। त्यसैले एक खेल कम रह्यो,’ उनले भनिन्। नभए सीता नेपाली टिमको पहिलो रोजाइकी खेलाडी हुन्।

नेपाली महिला क्रिकेट अघि बढेसँगै आफूलाई खेलअनुकूल बनाउँदै अघि बढिरहेकी छन् सीता। अहिले सम्झिन्छन्, ‘मैले क्रिकेट खेलेको १४ वर्ष भएछ।’

उनी पहिलो पुस्ताकी खेलाडी हुन् महिला क्रिकेटमा। पहिलो अन्तर्राष्ट्रियमा खेलेका उनीसँगका कुनै खलाडी अहिले राष्ट्रिय टिममा छैनन्। अहिले आएर सीतालाई आफ्नो यति लामो यात्राले एउटा सफलता पाएजस्तो लाग्छ।

‘खेल सुरु गरेको यति लामो समयपछि अन्तर्राष्ट्रिय स्तरमा गएर फ्रेन्चाइज खेल्न पाउँदा खुसी छु। यसले नेपाली महिला क्रिकेटरलाई खुसी दिलाएको छ,’ हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल क्रिकेटमा आफ्नो सहभागिता निश्चित भएपछि उनले भनिन्।

यति लामो समयसम्म उत्कृष्ट लयमा कसरी त? जवाफमा सीता भन्छिन्, ‘म एपीएफमा आबद्ध भएँ। त्यसैले आयस्रोतको खासै समस्या भएन। हाम्रो काम नै अभ्यास गर्ने भयो। अरु एपीएफ कर्मचारीको अरु ड्युटी हुन्थ्यो। हाम्रो ड्युटी भनेकै क्रिकेट खेल्ने हुन्छ। त्यसो भएकाले खेल लयमा रहिरहन सकेको हो।’

आउँदो मे महिनामा हुने त्यो प्रतियोगिता आईसीसीले मान्यता दिएको र निजी क्षेत्रबाट आयोजना भएको पहिलो विश्वस्तरीय प्रतियोगिता हो। त्यसका लागि नेपालका केही खेलाडीको नाम पठाइए पनि सीतालाई आयोजकले टिममा राख्न उचित ठान्यो।

अब उनले इन्डिया र पाकिस्तानका उत्कृष्ट खेलाडीसँग त्यहाँ खेल्न पाउनेछिन्। उनलाई प्रतियोगितामा सहभागि गराउनका लागि सहयोग गरिरहेका थियो, क्विन्स इभेन्ट्सले। ‘मेरो प्रदर्शनलाई विदेशी आयोजकसम्म पुर्याइदिएकोमा क्विन्स इभेन्ट्सलाई धन्यवाद दिन चाहन्छु। लामो अन्तर्राष्ट्रिय करिअरमा विदेशी प्लेटफर्ममा खेल्न पाउँदा एकदमै उत्साहित छु,’ सीताले आफ्नो एजेन्टको रुपमा रहेको क्विन्सलाई धन्यवाद दिँदै भनिन्।

पछिल्लो समय नोभेम्बर २२ देखि २९ सम्म यूएईमा आयोजित आईसीसी महिला विश्वकपअन्तर्गत एसियाली छनोटमा नेपालकी सीता राना मगर सबैभन्दा उत्कृष्ट खेलाडी घोषित भइन्। उनले छनोटका पाँचै खेल खेलिन्।

सो प्रतियोगिताभर उनले सय रन जोडिन् भने विपक्षीको पाँच विकेट गिराइन्। हङकङविरुद्ध अविजित ४० रन बनाइन् भने भुटानविरुद्ध १७ रन जोडिन्। त्यस्तै, मलेसियाविरुद्ध ३० र यूएईविरुद्ध १३ रन बनाइन्। बलिङतर्फ पनि उनको प्रदर्शन कमजोर रहेन। उनले भुटानको तीन विकेट गिराइन् भने यूएई, मलेसिया र हङकङको १–१ विकेट गिराइन्।

त्यो प्रतियोगितालाई लिएर सीता भन्छिन्, ‘ओभरअल राम्रो भयो। प्लेयर अफ दि टुर्नामेन्ट पाएँ। तर मेरो लक्ष्य थियो कि देशलाई ग्लोबल छनोटमा पुर्याउँ। त्यो हुन सकेन। टिमको नतिजाका हिसाबले अलि असन्तुष्ट छु। अन्तिम खेलमा अझै राम्रो खेल्न सकेको भए टिम छनोट हुन्थ्यो कि भन्ने लाग्छ।’

उनलाई त्यस्तै असन्तुष्टिहरुले आउँदा दिनमा अझै राम्रो गर्ने प्रेरणा मिलिरहन्छ। त्यो किनभने उनको अहिलेसम्मको तथ्यांकले पनि त्यस्तै देखाउँछ। क्रिकेट समाचार साइट ईएसपीएन क्रिकइन्फोका अनुसार सीताले टी–२० आईका २१ खेल खेलेकी छन्। त्यसमा उनले ४३९ रन जोडेकी छन्। २१ खेलमा उनले सर्वाधिक ८२ रन बनाएकी छन्। नेपाली खेलाडीहरुको त्यो रेकर्ड नै हो। नेपाली महिला क्रिकेटरहरुमा तीन खेलाडीले मात्र अर्धसतक प्रहार गरेका छन्, त्यसमध्येकी एक हुन् सीता।

उनको रन औसत २७.४३ रन छ। उनले अहिलेसम्म टी२० आईमा सतक प्रहार गर्न भने सकेकी छैनन्। 

आफ्नो खेलबारे अध्ययन र विचार गर्ने सीताले त्यो कला ७ वर्षअघि भारतमा सिकेकी थिइन्। त्यहाँ उनले आफूलाई राम्रा देशका खेलाडीसँग तुलना गर्ने अवसर पाएकी थिइन्। सन् २०१४ मा एसीसीको स्क्वाड भनेर नेपालका दुई खेलाडी छनोट गर्दा उनी पनि परेकी थिइन्। त्यतिबेला एसोसिएट देशका खेलाडीले भारतको गुन्ठुरमा अभ्यास गरेका थिए।

‘त्यो एक प्रदर्शन क्याम्प थियो। त्यहाँ अरु देशको खेलाडी हामीभन्दा कति माथि रहेछन् भन्ने थाहा भयो। यस्तो पाराले चाहिँ माथि जाँदैनाै‌ भनेर मानसिक रुपमा हिट गर्यो,’ उनी सुनाउँछिन्, ‘त्यसअघिका ५–६ वर्षसम्म त राष्ट्रिय टिममा परियो भनेर नै खेलेको हो। खासै लक्ष्य नै थाहा थिएन।’

राम्रो खेल्नका लागि मानसिक रुपमा नै बलियो भएर जानुपर्ने रहेछ भन्ने उनले सिकिन्। त्यसपछि उनलाई खेलमा थप केन्द्रित हुन मन लाग्यो। खेल सुधारिँदै गयो। त्यति नै सफलता पाउँदै गइन्। उनी सुनाउँछिन्, ‘आफूलाई तयार गर्यो भने राम्रो हुँदोरहेछ भन्ने थाहा भयो।’

सीताको ओज ब्याटिङमा मात्र होइन, बलिङमा पनि उस्तै छ। बलिङतर्फ पनि उनको आँकडा निकै बलियो छ। २१ वटा टी२० आई खेल्दा उनले ३६३ पटक बल प्रहार गरेकी छन्। जहाँ उनले २१६ रन दिएर २१ विकेट गिराएकी छन्। उनले ती खेलहरुका दौरान निकै किफायति बलिङ गर्दै ३.५७ रन कायम गरेकी छन्।

राम्रो खेल्नका लागि मानसिक रुपमा नै बलियो भएर जानुपर्ने रहेछ भन्ने उनले सिकिन्। त्यसपछि उनलाई खेलमा थप केन्द्रित हुन मन लाग्यो। खेल सुधारिँदै गयो। त्यति नै सफलता पाउँदै गइन्। उनी सुनाउँछिन्, ‘आफूलाई तयार गर्यो भने राम्रो हुँदोरहेछ भन्ने थाहा भयो।’

आफूलाई सधैं आत्वविश्वासी देख्ने सीता त्यस्तो गुण नयाँ खेलाडीमा चाहिँ कस्तो देख्छिन् त? के नयाँ खेलाडीमा पनि उनको जस्तो मोटिभेसन होला त? जवाफमा उनी भन्छिन्, ‘छन् नि, एक दुई जना लागिपर्ने खेलाडी छन् एक्स्पोजर पाए राम्रो गर्नसक्ने।’

उनले थपिन्, ‘अब खेलाडीले अन्तर्राष्ट्रिय एक्स्पोजर पाउनका लागि एसोसिएसनले सहयोग गर्नुपर्छ। सबै खेलाडीको तर्फबाट उसले सहयोग गर्नसक्छ। संघको स्रोत र सम्बन्ध धेरै हुन्छ।’

संघले नयाँ कार्यक्रमहरु ल्याएमा खेलाडी थप एक्स्पोज हुने उनलाई लाग्छ। तर त्यतिले मात्र पुग्दैन, खेलाडी स्वयम्ले पनि राष्ट्रिय खेलमा मात्र नभएर, राष्ट्रिय टिममा एकपटक मात्र नभएर लगातार राम्रो गर्न सक्छु भन्ने लक्ष्य साथ खेल्नुपर्छ।

‘टिममा परिसकेपछि पनि मैले राम्रो गर्नुपर्छ भन्ने मानसिकता खेलाडीमा हुनुपर्छ। त्यो भयो भने प्रगति हुन्छ,’ उनले नेपाल समयसँग भनिन्। उनी अहिले फेयर ब्रेक इन्भिटेसनलको तयारीमा छिन्। त्यो खेलमा उनी अनुबन्ध भएपछि बाँकी खेलाडीलाई पनि उनले जस्तै अभ्यास गरिरहने प्रेरणा मिलेको छ। नेपाली खेलाडीका लागि पनि विदेशमा हुने प्रतियोगितामा स्थान रहेको उनले प्रमाणित गरिदिएकी छन्। 

उनी भन्छिन्, ‘म परेँ। त्यसपछि मेरो टिममेट र आउँदा खेलाडीलाई हामीले पनि राम्रो गर्न सक्यौं भने विदेशमा खेल्न अवसर मिल्ने रहेछ भन्ने भावना आउन सक्छ। खेलाडीका लागि अवसरको ढोका खुलिरहँदा रहेछन् भन्ने हुने रहेछ भन्ने प्रेरणा आएजस्तै लाग्छ।’

फेयर ब्रेक इन्भिटेसनल जेन्डर इक्वालिटीका लागि आयोजना गरिएको महिला क्रिकेटको ठूलो प्रतियोगिता हो। ‘त्यहाँ सहभागी हुन आयोजकले धेरै प्रश्नहरु सोधेको थियो। त्यसमा सीतासँग बसेर मैले प्रोसेसिङमा सघाएको थिएँ। मलाई लाग्छ वुमेन्स इम्पावरमेन्ट र जेन्डर इक्वालिटीको विचार मिलेमा र खेलाडीको प्रदर्शन राम्रो भएमा आयोजकले खेलाडी छनोट गर्ने रहेछ,’ सीतालाई हङकङको त्यो प्रतियोगितामा प्राविधिक सहयोग गरेका दीपेश पण्डित भन्छन्।

‘नेपाली खेलाडीको एक्स्पोजरका हिसाबले यो प्रतियोगिता निकै महत्वपूर्ण छ। सान मिर र हरमनप्रित कौरजस्तो खलाडी त्यो प्रतियोगितामा छन्। बाँकी ठूलो देशका खेलाडी पनि त्यहाँ हुनेछन्,’ दिपेशले थपे।

प्रकाशित: Dec 14, 2021| 06:34 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।