आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एभीसी सेन्ट्रल जोन खेल्ने महिला तथा पुरुष टोलीको टुंगो लाग्यो

एभीसी सेन्ट्रल जोन खेल्ने महिला तथा पुरुष टोलीको टुंगो लाग्यो

बंगलादेशको ढाकामा हुने प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाउने टुंगो लागेको नेपाल भलिबल संघ (एनभीए)ले जनाएको हो।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं- एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागिता जनाउने राष्ट्रको टुंगो लागेको छ। बंगलादेशको ढाकामा हुने प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाउने टुंगो लागेको नेपाल भलिबल संघ (एनभीए)ले जनाएको हो।

प्रतियोगिता २१ देखि २९ डिसेम्बरसम्म आयोजना हुनेछ। महिलातर्फ आयोजक बंगलादेशसँगै किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान रहेका छन्। 

पुरुषतर्फ आयोजक बंगलादेशसँगै माल्दिभ्स, नेपाल,  श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन्। सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने एनभीएले जनाएको छ। यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि भिड्नेछन्। 

यसअघि ढाकामै भएको महिला च्याम्पियनसिपको नेपाल विजेता हो। यता, नेपालमै भएको पुरुषतर्फको प्रतियोगितामा भने आयोजक नेपाल समूह चरणबाटै माथि बढ्न सकेन। 

प्रतियोगिताको लागि एनभीएले १२ सदस्यीय महिला तथा पुरुष दुबै राष्ट्रिय टोली छनोट गरिसकेको छ। पुरुषतर्फ डच प्रशिक्षक हाङ एविङ रहने छन् भने महिलातर्फ जगदिश भट्ट छन्। 

महिला टोली : अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, शान्ती थारु, उषा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सफिया पुन, कृपा अधिकारी, सलिना श्रेष्ठ (लिविरो) 

पुरुष टोली : इम राना मगर (कप्तान), हरि हजुर थापा, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, भैरवबहादुर बम, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, टेकराज अवस्थी, राजेन्द्र विष्ट, बिशालबहादुर विक, सरन सामरी क्षेत्री, विनोदबहादुर चन्द (लिविरो)  -न्युज कारखाना

प्रकाशित: Dec 13, 2021| 13:41 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।