काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ। यसअनुसार पाँचौं, सातौं र आठौं चरणका खेल मनाङ मर्स्याङ्दी क्लबले पोखरामा खेल्ने भएको छ। \
बाँकी सबै खेल भने दशरथ रंगशालामा हुने तालिकामा उल्लेख छ। छैटौं चरणका खेल मनाङले काठमाडौंमा मछिन्द्र क्लबसँग खेल्नेछ भने त्यसपछि पुनः दुई चरणका लागि पोखरा फर्किनेछ।
लिगको चौथो चरणका खेल आज सकिँदैछन् भने पाँचौं चरणका खेल आगामी शुक्रबारबाट सुरु हुनेछन्। आज सार्वजनिक भएको तालिकाअनुसार ३२ वटा खेल दशरथ रंगशालामा हुनेछन् भने तीन खेल पोखरा रंगशालामा।
