आइतबार, असार २१, २०८३

सेन्ट्रल जोन भलिबल खेल्न बंगलादेश जाने यी हुन् नेपाली खेलाडी

उसले नेपाली महिला तथा पुरुषको टिम आइतबार राति सार्वजनिक गरेको हो। प्रतियोगिता आगामी २१ डिसेम्बरदेखि २९ डिसेम्बरसम्म बंगलादेशमा आयोजना हुँदैछ।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं- नेपाल भलिबल संघले सेन्ट्रल जोन भलिबल च्यालेन्ज खेल्न बंगलादेश जाने नेपाली टिम सार्वजनिक गरेको छ।

उसले नेपाली महिला तथा पुरुषको टिम आइतबार राति सार्वजनिक गरेको हो। प्रतियोगिता आगामी २१ डिसेम्बरदेखि २९ डिसेम्बरसम्म बंगलादेशमा आयोजना हुँदैछ।

पुरुषतर्फ पाँच टिम सहभागी हुनेछन् भने महिलातर्फ ६ टिम सहभागी हुने आइतबार राति निश्चित भएको छ। दुवै तर्फका खेल सिंगाल राउन्ड राविन शैलीमा हुनेछन्।

जहाँ शीर्ष दुई टिमलले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, तेस्रो र चौथो हुने टिमले काश्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

यी हुन् पुरुषतर्फका खेलाडीः

एम बहादुर मगर (कप्तान), हरि हाजुर थापा, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी,  भैरव बहादुर बम, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, टेकराज अवस्थी, राजेन्द्र बिष्ट,  विशाल बहादुर बि.के, शरण सामरी क्षेत्री र विनोद बहादुर चन्द (लिब्रो)

यी हुन महिला खेलाडीः

अरुणा शाही(कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना बिष्ट, लक्ष्मी चन्द, सफिया पुनः, कृपा अधिकारी र सलिना श्रेष्ठ

सहमागि टिमहरुः

महिलाः बंगलादेश, कीर्गिस्थान, माल्दिभ्स, नेपाल, श्रीलंका, र उज्वेकिस्तान

पुरुषः बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्जवेकिस्तान

प्रकाशित: Dec 13, 2021| 10:15 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।