आइतबार, असार २१, २०८३

मार्टिनेजको दुई गोलकाे मद्दतमा इन्टर शीर्ष स्थानमा

एसी मिलानले शनिबार युडिनेसीसँग अंक बाँड्दै शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाउँदा इन्टरले त्यसको फाइदा उठाउन सफल भयो।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं- अर्जेन्टिनी स्टार लाउटारो मार्टिनेजको दुई गोल प्रेरित इन्टर मिलान आइतबार काग्लियारीमाथि ४-० अन्तर सहज जितका साथ इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ।

एसी मिलानले शनिबार युडिनेसीसँग अंक बाँड्दै शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाउँदा इन्टरले त्यसको फाइदा उठाउन सफल भयो।

२९औँ मिनेटमा मार्टिनेजले इन्टरका लागि खाता खोले। ४४औँ मिनेटमा मार्टिनेज पेनाल्टीको सदुपयोग गर्न चुक्दा इन्टरले अग्रता दोब्बर पार्ने अवसर गुमायो।

५०औँ मिनेटमा सान्चेजले इन्टरको अग्रता दोब्बर पारे। ६६औँ मिनेटमा हकान चालहानोग्लुले इन्टरको अग्रता ३-० मा पुर्‍याए। त्यसको दुई मिनेटपछि मार्टिनेजले इन्टरका लागि चौथो गोल गरे।

जितसँगै इन्टरको १७ खेलमा ४० अंक  छ। दोस्रो स्थानको एसी मिलानको ३९ अंक छ।  

प्रकाशित: Dec 13, 2021| 09:45 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।