आइतबार, असार २१, २०८३

रियलको सहज जित, बार्सिलोना बराबरीमा रोकियो

आइतबार राति भएको खेलमा रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध २-० अन्तरको सहज जित पाएको हो।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत पहिलो मड्रिड डर्वीमा रियल मड्रिडले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध २-० अन्तरको सहज जित पाएको हो। 

१६औँ मिनेटमा करिम बेन्जेमाले गरेको गोलमा रियलले अग्रता लिएको थियो। ५७औँ मिनेटमा मार्को एसेन्सियोले अग्रता दोब्बर पारेका थिए।

रियाल १७ खेलबाट ४२ अंकसहित शीर्ष स्थानमा छ। २९ अंक बनाएको एट्लेटिको चौथो स्थानमा छ। 

ला लिगा अन्तर्गत आइतबार भएको अर्को खेलमा बार्सिलोना ओसासुनासँग २-२ को बराबरीमा रोकिएको छ। १२औँ मिनेटमा निको गोन्जोल्वेजको गोलमा बार्सिलोनाले अग्रता लिए पनि त्यसको दुई मिनेटपछि नै डेविड गार्सियाले ओसासुनालाई खेलमा फर्काएका थिए।

४९औँ मिनेटमा इजालजौलीले बार्सिलोनालाई पुनः अग्रता दिलाए। तर, खेल सकिन ६ मिनेट बाँकी हुँदा इज्क्वेल एभिल्लाले ओसासुनालाई खेलमा फर्काएका थिए।

बार्सिलोना १७ खेलमा २४ अंकसहित आठौँ स्थानमा छ भने समान खेलमा २२ अंक बटुलेको ओसासुना १० औँ स्थानमा छ। 

प्रकाशित: Dec 13, 2021| 09:30 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।