काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको चौथो खेलबाट विभागीय टिम एपीएफले अंकतालिकामा खाता खोलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई हजार दर्शकमाझ एपीएफले थ्रिस्टारसँग अंक बाँड्दै तालिकामा खाता खोलेको हो।
खाता खोल्ने क्रममा उसले उपाधि दावेदार थ्रिस्टार क्लबलाई गोलरहित बराबरीमा रोकेको थियो। पछिल्लो तीन खेलमा भन्दा आजको खेलमा आफ्नो टिमले राम्र्रो खेलेको प्रशिक्षक कुमार थापाले बताएका छन्। र, आज जोडेको एक अंकले आफ्नो टिममा आत्मविश्वास भरेको पनि उनले बताए।
‘चौथो चरणमा आएर खाता खोल्यौं। १२ अंक आउनुपर्नेमा १ आउनु भनेको सन्तुष्ट हुने अंक त होइन। तर निलमा रहेको अवस्थामा एक अंक जोडेकोमा खुसी छौं। अब फुटबल हो यस्तो हुन्छ पनि,’ थापाले भने ‘पछिल्लो तिन खेलमा भन्दा आज केही राम्रो भयो। खेलाडीको प्रदर्शन पनि सुधारियो।’
उनले थपे, ‘आजको एक अंकले मलाई र टिमलाई केहि सजिलो भयो। आज जितेको भए १४ औं स्थानबाट १० मा आउँथ्यौँ। तर त्यो भएन। खेलहरु बाँकी छन् आशा गरौँ राम्रो नतिजा आउँछ।’ एपीएफले यसअघि ब्रिगेड बोइज, च्यासल र सातदोबाटोसँग हार बेहोरिसकेको छ। उसले पहिलो खेलमा बिबिसीसँग ३–२ गोलको हार बेहोरको थियो भने च्यासलसँग १–० गोलको हार बेहोर्यो। उसले सातदोबाटो युथ क्लबसँग भने ४–१ गोलको हार बेहोरेको थियो।
एपीएफका प्रशिक्षक थापाले आज जित्नुपर्ने खेलमा पनि जित्न नसकेको बताएका छन्। उनले भने, ‘आजको खेल जित्नपर्ने थियो। डोमिनेट गर्दागर्दै पनि बराबरीमा रोकियो। आजको थ्रिस्टारका प्रदर्शन राम्रो नै हो। उसको पनि स्ट्राइकमा समस्या छ। यता हामीले चाहिँ हाम्रो चान्स पाउँदा पाउँदै पनि गुमायो।’ खेल अवधिभर दुवै तर्फबाट गोलका निकै राम्रा अवसरहरु सिर्जना भए पनि दुवै टिमले गोल गर्न भने सकेनन्।
खेलको १३ औं मिनेटमा विपक्षीको बक्समा एपीएफका नविन लामाले गरेको प्रहार थ्रिस्टारका गोलकिपर गुलियम प्रिसोले बचाए। खेलको २६ औं मिनेटमा आशिष लामाले बल भेट्न नसक्दा उनले लिगमा व्यक्तिगत दोस्रो गोल गर्नबाट चुके।
खेलको २९ औं मिनेटमा कर्नरबाट आएको बललाई थ्रिस्टारका राफेल रिम्गागोले हेडरमार्फत पोस्टतर्फ प्रहार गरे पनि पोस्टबाट बाहिरिएको थियो। खेलको ४२ औं मिनेमा थ्रिस्टारले अर्को अवसर गुमायो। कर्नरबाट आएको बललाई डिफेन्डर अनन्त तामाङले फ्लिक गर्दै हेडर गरेका थिए। तर त्यो बलल पोस्टलाई नजिकै छोडेर बाहिरिएको थियो।
पहिलो हाफको इन्ज्युरी समयमा पनि अनन्त तामाङले छ यार्ड बक्स भित्रबाट गोल गर्नै सकेनन्। यसँगै पहिलो हाफ गोलरहित बराबरीमै रोकिएको थियो। थ्रिस्टारका प्रशिक्षक रविन्द्र सिलाकारले आजको खेलमा बनाएको फर्मेसनअनुसार खेल्न नसकेको बताएका छन्। उनले भने, ‘आफूले इच्छाएको रिजल्ट निकाल्न नसक्दा समस्या छ बताए। हाम्रो रणनीति अफेन्सिभ भयो। उनीहरुले अंक नगुमाउने तरिकाले खेलिरहे। हामीले फर्मेसनवाइज खेल्न नसकेको नै हो।’
एपीएफका प्रशिक्षक थापाले आज जित्नुपर्ने खेलमा पनि जित्न नसकेको बताएका छन्। उनले भने, ‘आजको खेल जित्नपर्ने थियो। डोमिनेट गर्दागर्दै पनि बराबरीमा रोकियो। आजको थ्रिस्टारका प्रदर्शन राम्रो नै हो। उसको पनि स्ट्राइकमा समस्या छ। यता हामीले चाहिँ हाम्रो चान्स पाउँदा पाउँदै पनि गुमायो।’
यता दोस्रो हाफको ५० औं मिनेटमा एपीएफले गालको निकै सुनौलो अवसर गुमायो। उसले पेनाल्टी बक्स नजिकै पाएको फ्रि किकमा नविन लामाको प्रहार थ्रिस्टारका संजोक लाईको खुट्टाबाट डिफ्लेक्ट भएको थियो। सो बललाई आशिषले पोस्टतर्फ प्रहारको प्रयास गरे पनि सकेनन्। त्यस्तै, ७७ औं मिनेटमा प्रदिप लामाले दिएको पासलाई आषिशले भेट्न नसक्दा एपीएफले अर्को अवसर गुमायो। यता खेलको ६० औं मिनेटमा थ्रिस्टारले पनि एउटा अवसर गुमायो।
इन्ज्युरी समयमा पेनाल्टी बक्सनजिकै पाएको प्रिल किकको अवसरलाई पनि एपीएफले खेर फाल्यो। त्यसको अर्को मिनेटमा पाएको फ्रि किकलाई आषिशले सिधै पोस्टमा प्रहार गरे पनि गोलरक्षकले बचाएका थिए। स्टपेज समयमा एपीएफले गोलका थप प्रयास गरे पनि गोल हुन सकेन्। गोलका थुप्रै अवसर सिर्जना गरेका प्रदिप खेलमा म्यान अफ दि म्याच बने।
पछिल्लो खेलहरुमा प्रदर्शन कमजोर भएपछि एपीएफले विदेशी खेलाडी ल्याउने प्रकृया सुरु गरेको थियो। तर अहिले आफ्ने खेलाडीले राम्रो खेल्न थालेपछि फेरि एपीएफले विदेशी खेलाडी ल्याउने वा नल्याउनेमा निर्णय गर्न सकेको छैन। एपीएफका प्रशिक्षक थापाले भने, ‘हाम्रो खेलाडीले पहिले नै खेलको भए विदेशी खेलाडी ल्याउन पर्दैन थियो। प्रकृया भइरहेको छ। ओमिक्रोनले गर्दा गाह्रो भइरहेको छ।’
आजको खेलमा जितको इच्छा राखेर आएको थ्रिस्टार एपीएफसँग पूरा समय दबाबमा रह्यो। तर प्रशिक्षक सिलाकरले आफू दबाबमा रहेको स्विकार गर्न सकेनन्। उनले भने, ‘हामी डोमिनेट भयौँ भन्दा पनि दोस्रो हाफमा केही कमजोरी रहे। हामीले काउन्टर मुभ सफल हुन सकेन।’ उनले अन्तिममा आफ्नो टिममा दबाबमा खेल्न सक्ने खेलाडी कम रहेको बताएका छन्।
यता थ्रिस्टारले पहिलो खेलमा च्यासललाई ३–० गोलअन्तरले हराए पनि दोस्रो खेलमा सातदोबाटोसँग हार बेहोरेको थियो। तेस्रो खेलमा भने उसले तेस्रो खेलमा उसले फ्रेन्ड्स क्लबसँग बराबरी गरेको थियो। आजको बराबरीपछि अंक गुमाउनुभन्दा एक अंक बाँड्नु उत्तम रहेको भन्दै आफ्नो टिम उपाधि दावेदारीबाट बाहिर नगएको प्रशिक्षक सिलाकार बताउँछन्।
यता एपीएफले स्पेनमा अभ्यास गरिरहेका खेलाडी आभाष लामिछानेलाई टिममा ल्याएर खेलाइरहेको छ। उनी पहिले स्ट्राइकरमा खेले पनि अहिले मिफिल्डमा खेल्न सुरु गरेका छन्। ‘हामीले आभाषलाई स्ट्राइकरमा खेलेको अहिले मिडफिल्डमा झारेको हो। त्यसले पनि राम्रो हुँदैछ। हामीले गल्तीमा सुधार गरेका छौं। व्यक्तिगत रुपमा खेलाडीले पनि कोसिस गरिरहेका छौं। पछिल्ला खेलहरुको तुलनामा आज सबैले राम्रो गरे।