काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार दिउँसो थ्रिस्टार क्लबले विभागीय टिम एपीएफको सामना गर्नेछ।
आज पौने ५ बजे सुरु हुने खेलमा एपीएफ पहिलो जितको लागि थ्रिस्टारसँग भिड्ने छ। यता उपाधि लक्ष्यका साथ लिगमा आएको थ्रिस्टारले भने लिगमा पहिले पनि हार बेहोरिसकेको छ।
त्यसैले थ्रिस्टार फेरि हार बेहोरेर उपाधि यात्रामा आफूलाई कमजोर गराउने पक्ष्यमा छैन। अहिले थ्रिस्टार तीन खेलबाट ४ अंक जोडेतार तालिकाको आठौं स्थानमा छ। त्यस्तै, उसले आज जित निकाल्न सके तीन स्थान सुधार गर्नेछ।
यता एपीएफ भने अंकविहिन रहँदै रेलिगेसन जोनमा छ। त्यसैले ऊ जित निकाल्दै रेलिगेसनबाट मुक्त हुन चाहन्छ। एपीएफले यसअघि ब्रिगेड बोइज, च्यासल र सातदोबाटोसँग हार बेहोरिसकेको छ।