आइतबार, असार २१, २०८३

ब्रायर्नको जित, बराबरीमा रोकियो डर्टमन्ड

जर्मन बुन्डेसलिगाअतर्गत शनिबार राति सम्पन्न खेलमा बार्यन म्युनिखले जित निकालेको छ। ब्रायर्नको घरेलु मैदानमा सम्पन्न खेलमा उसले माइन्जविरुद्ध २–१ गोलअन्तरको जित निकालेको हो।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं– जर्मन बुन्डेसलिगाअतर्गत शनिबार राति सम्पन्न खेलमा बार्यन म्युनिखले जित निकालेको छ। ब्रायर्नको घरेलु मैदानमा सम्पन्न खेलमा उसले माइन्जविरुद्ध २–१ गोलअन्तरको जित निकालेको हो।

जितका लागि किंग्सले कोमन र जमल मुसियालाले गोल गरेका थिए। यता माइन्जका लागि खेलको २२ औं मिनेटमा करिम ओनिसिओलो गोल गरे। पहिलो हाफका ब्रायर्न एक गोलले पछि परे पनि दोस्रो हाफमा उसले पुनरागमन गरेको थियो।

शनिबार रातिकै अर्को खेलमा भने बोरुसिया डर्टमन्ड बराबरीमा रोकिएको छ। बोचुमको घरेलु मैदानमा सम्पन्न खेलमा डर्टमन्डले १–१ को बराबरी खेलेको हो।

एक गोलले पछि परेको अवस्थामा जुनियन ब्रान्डिक्टले खेलको ८५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

श्निबारको खेलसँगै ३७ अंक बनाएको ब्रायर्न शीर्षस्थानमा छ भने दोस्रो स्थानको डर्टमन्ड ब्रायर्नभन्दा ६ अंकले पछि छ। लिगको तालिकाको तेस्रो स्थानमा रहेको लिभरकुसनको २७ अंक छ।

प्रकाशित: Dec 12, 2021| 07:36 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।