बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सिटी, लिभरपुल, चेल्सी र युनाइटेडको जितमा पेनाल्टी गोलको अनौठो संयोग

सिटी, लिभरपुल, चेल्सी र युनाइटेडको जितमा पेनाल्टी गोलको अनौठो संयोग

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा उपाधि दाबेदार टिमरुले जित निकालेका छन्। ती सबै टिमहरूले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै जित निकालेका हुन्।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा उपाधि दाबेदार टिमरुले जित निकालेका छन्। ती सबै टिमहरूले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै जित निकालेका हुन्।

म्याचेस्टर सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको उल्भ्सविरुद्ध घरेलु टिमले जित निकालेको छ। सिटीको जितका लागि खेलको ६६औं मिनेटमा रहिम स्टार्लिङले पेनाल्टीमार्फत् निर्णायक गोल गरे।

यता पहिलो हाफको इन्ज्युरी समयमा उल्भ्सका राउल जिमिनेजले रातो कार्ड पाएपछि पाहुना टिम १० खेलाडीमा समेटिएको थियो।

त्यस्तै, चेल्सीको मैदानमा स्टामफर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टिमले पाहुना टोली लिड्स युनाइटेडलाई ३–२ गोलअन्तरले हराएको छ।

एक गोलले पछि परेको अवस्थामा मेसन माउन्टले गोल गरेर खेललाई बराबरी बनाएका थिए। पनि २–२ बरबरी भएको अवस्थामा चेल्सीले पेनाल्टीको अवसरपाएछि त्यसको सदुपयोग गर्दै जर्गिन्होले चेल्सीलाई जित दिलाएका थिए। जर्गिन्होले चेल्सीका लागि दुई गोल गरे।

एन्फिल्ड रंगालामा भएको खेलमा घरेलु टिम लिभरपुलले पाहुना टोली स्टन भिल्लालाई १–० गोलले हराएको छ। मोहम्मद सालाहले पेनाल्टीमा अवसर पाएपछि उनले गोल गरेर लिभरपुललाई जित दिलाए।

यता नर्विच सिटीको मैदानमा भने पाहुना टिम म्यानचेस्टर युनाइटेडले १–० गोलअन्तरको जित निकालेको छ। युनाइटेडको जितका लागि क्रिस्टियोनो रोनाल्डोले जित निकालेका थिए।

प्रिमियर लिगमा गएरातिको तीन खेलको नतिजा १–० को रह्यो। ती तिनै खेलमा पेनाल्टीका पाएको अवसर सदुपयोग गर्दै जित निस्किएको थियो।

प्रकाशित: Dec 12, 2021| 07:21 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।