काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिमा डा. शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन्। उनलाई वरिष्ठ नेता रामाचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाको समर्थन रहेको जनाइएको छ।
पौडेलका अति निकट मानिने देवराज चालिसे, कमला पन्त र पिएल चौधरी डा. शेखरको प्यानलबाट सहमहामन्त्री उम्मेदवार बनेका छन्।
शेखरको प्यानल नै एकैपटक बाल्मिकी क्याम्पसबाट र्यालीसहित उम्मेदवारी दर्ता गराउन राष्ट्रिय सभा गृह पुगेको थियो।
शेखरको टिममा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङले उम्मेदवारी दिएका छन् भने महामन्त्रीमा डा. मीनेन्द्र रिजाल र गगन थापा उम्मेदवारी दर्ता गराएका छन्।
शेखरको टिमबाट सहमहामन्त्रीका लागि प्रतिस्पर्धा गर्नेहरुको नाम पनि टुंगो लागेको छ। सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार, महिलातर्फ कमला पन्त, मधेशीतर्फ रामकृष्ण यादव, थारुतर्फ टिएल चौधरी, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, जनजातितर्फ विकास लामा र खसआर्यबाट देवराज चासिले सहमहामन्त्रीका उम्मेदवारी दिएका छन्।