बिहीबार, भदौ ४, २०८३

एमाले केन्द्रीय कमिटी बैठकका १५ एजेन्डा

नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज भक्तपुरको गट्ठाघरमा सुरु भएको छ। दसौँ महाधिवेशनपछिको यो दोस्रो केन्द्रीय कमिटी बैठक हो।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

भक्तपुर– नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज भक्तपुरको गट्ठाघरमा सुरु भएको छ। दसौँ महाधिवेशनपछिको यो दोस्रो केन्द्रीय कमिटी बैठक हो।

बैठकमा शपथ ग्रहण बाँकी भएका केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको छ। त्यसपछि १५ वटा एजेन्डामाथि छलफल हुने बताइएको छ।

कार्यसूचीअनुसार क्रमसँगै छलफल र निर्णय गर्दै जाने तय भएको छ। आज र आइतबारका लागि तय गरिएको बैठकमा केन्द्रीय सदस्यहरुको शपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनयन, पोलिटब्यूरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियान पनि बैठकका एजेन्डामा रहेका छन्।

बैठकअघि अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बसेको थियो । सचिवालय बैठकले केन्द्रीय कमिटीमा लैजाने एजेन्डाका बारेमा छलफल भएको बताइएको छ।

प्रकाशित: Dec 11, 2021| 15:33 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...