काठमाडौं– गोरखाका युवराज न्यौपानेले कांग्रेस सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्।
४० वर्षीय न्यौपाने चीनमा रहेर व्यापार गर्दै आएका थिए। गोरखाको आरुघाट घर भएका उनी नेपाली कांग्रेस जनसम्पर्क समिति चीनको संस्थापक महामन्त्रीसमेत हुन्।
सभापतिका लागि यो दोस्रो उम्मेदवारी हो। यसअघि युवा नेता कल्याण गुरुङले सभापतिमा पहिलो उम्मेदवारी दर्ता गराएका थिए। सभापतिका अन्य दाबेदारहरु शेरबहादुर देउवा, प्रकाशमान सिंह, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइरालाले भने अहिलेसम्म उम्मेदवारी दर्ता गराएका छैनन्।
आज साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।