शनिबार, माघ ३, २०८२

खैरेनीटारमा वडास्तरीय भलिबल

लाङ्घाली मगर समाजको आयोजनामा प्रथम लाङ्घाली मगर समाज एकान्कुना भलिबल कप सुरु भएको हो।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

तनहुँ- तनहुँको खैरेनीटारमा वडास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ। लाङ्घाली  मगर समाजको आयोजनामा प्रथम लाङ्घाली मगर समाज एकान्कुना भलिबल कप सुरु भएको हो। 

National life

प्रतियोगिताको उद्घाटन खेलमा शुक्लागण्डकी नगरपालिका-१० विजयी भएको छ।  भिमाद नगरपालिका-१ लाई ३-० को सोझो सेटमा पराजित गर्दै शुक्लागण्डकी-१० दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो। भिमाद-१ लाई २५-१८, २५-२१ र २५-२० को स्कोरमा पराजित गरेको हो। 

दोस्रो खेलमा भिमाद नगरपालिका-९ विजयी भएको छ। शुक्लागण्डकी-६ लाई ३-१ को सेटमा पराजित गर्दै भिमाद-९ विजयी भएको हो। भिमादले-९ ले २२-२५, २५-१८, २६-२४ र २८-२६ को स्कोरमा पराजित गर्न सफल भएको हो। 

प्रतियोगितामा तनहुँसँगै स्याङजा र नवलपुरका १२ टिम सहभागी छन्। विजेताले नगद ६० हजार रुपैयाँ पाउनेछ। दोस्रो, तेस्रो र चौथो हुने समूहले क्रमशः ४० हजार रुपैयाँ, २५ हजार रुपैयाँ र १० हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित: Dec 11, 2021| 11:20 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।