बिहीबार, भदौ ४, २०८३

सभापतिका आकांक्षी श्रेष्ठको साथ देउवालाई

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले शेरबहादुर देउवालाई साथ दिने भएका छन्।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले शेरबहादुर देउवालाई साथ दिने भएका छन्।

१३औं महाधिवेशनबाट सभापति निर्वाचित भएका देउवा पुन: सभापतिको दाबेदारीमा छन्। इतर पक्ष उपगुटमा चुनाव लड्ने माहोल बनेपछि उनले आफूलाई अनुकुल महसुस गरिरहेका छन्।

देउवालाई नेता कृष्णप्रसाद सिटौलाले साथ दिइसकेका छन्। यसअघि आफू पनि सभापतिको आकांक्षी बताउँदै आएका नेता गोपालमान श्रेष्ठले देउवालाई साथ दिने भएका छन्। उनी देउवाका विश्वासपात्र मानिन्छन्। 

देउवा खेमाबाट उपसभापति विमलेन्द्र निधि सभापतिमा अघि सर्दा श्रेष्ठले दाबेदारी प्रस्तुत गरिरहेका थिए। तर, निधि देउवा खेमाबाट आउट भएपछि श्रेष्ठले देउवालाई नै साथ दिएका हुन्।

शुक्रबारबाट सुरु भएको कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मनोनयन दर्ताको कार्यतालिका छ। निर्वाचन भने सोमबार हुनेछ।

प्रकाशित: Dec 11, 2021| 09:43 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...