आइतबार, असार २१, २०८३

यू–१९ साफ च्याम्पियनसिप आजबाट : नेपालले बंगलादेशसँग खेल्दै

यू १९ महिला साफ च्याम्पियनसिप आजबाट सुरु हुँदैछ। हरेक दुई वर्षमा हुने प्रतियोगिता गएको वर्ष नै आयोजनाको तयारी गरिए पनि कोभिड–१९ को महामारीका कारण एक वर्ष धकेलिएको थियो।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं– यू १९ महिला साफ च्याम्पियनसिप आजबाट सुरु हुँदैछ। हरेक दुई वर्षमा हुने प्रतियोगिता गएको वर्ष नै आयोजनाको तयारी गरिए पनि कोभिड–१९ को महामारीका कारण एक वर्ष धकेलिएको थियो।

एक वर्ष धकेलिएको प्रतियोगिता यो वर्ष हुन लागेको हो। गएको २०१८ मा भुटानमा पहिलो संस्करणको १८ साफ च्याम्पियनसिप आयोजना भएको थियो। त्यसैको दोस्रो संस्करण यो प्रतियोगिता आजदेखि बंगलादेशको वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल रंगशालामा आयोजना हुँदैछ।

गएको वर्ष यू १८ कै प्रतियोगिता आयोजना गर्ने भनिए पनि कोभिडका कारण एक वर्ष पछि धकेलिएपछि ती सबै खेलाडीले खेल्न पाउन भन्ने उद्देश्यका साथ यो वर्ष यू १९ प्रतियोगिता गरिएको हो।

प्रतियोगितामा सहभागी बन्ने नेपाली टिम मंगलबार नै आयोजनास्थलमा पुगिसकेको छ। नेपाले आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशससँग नै खेल्नेछ।

२०१८ मा भएको फाइनल खेलमा नेपाले बंगलादेशसँग हार बेहोरेपछि उपाधिबाट वञ्चित हुनुपरेको थियो। त्यसैले यो सिजन नेपाली टिम बंगलादेशलाई उसकै भूमिमा बदला लिने दाउमा छ।

नेपाली टिमका प्रशिक्षक हरि ओम श्रेष्ठ रहेका छन्। उनले पनि बंगलादेश प्रस्थान गर्नुअघि नेपाली टिम बलियो र उपाधि दाबेदार रहेको बताएका छन्। त्यस्तै, यू १९ टिमकी कप्तान अन्जता राना मगरले पनि टिमको तयारी राम्रो रहेको र सबैले सकेसम्मको तयारी गरेको बताएकी छन्।

‘बलिया टिम भनेकै बंगलादेश र भारत हुन्। हामी ती दुई टिमलाई जितेर उपाधि भित्र्याउने दाउमा छौं,’ कप्तान अन्जानले बंगलोदश प्रस्थान गर्नुअघि भनेकी थिइन्। नेपाल र बंगलादेशबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ।

यता, बंगलादेशका प्रशिक्षक गुलाम छोटोनले बंगलादेशले उपाधिको रक्षा गर्ने भन्दै आफ्नो टिम बलियो रहेको बताएका छन्।

'लामो समयबाट खेल्दै आएको सेट टिम छ। राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी पनि यो टिममा छन्। हामीलाई घरेलु मैदानको पाइँदासमेत छ,' उनले भने, 'मैले भन्नु पर्छ - हाम्रो टिम राम्रो छ।'

प्रकाशित: Dec 11, 2021| 08:30 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।