आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सातदोबाटोलाई एनआरटीको चुनौती, मछिन्द्रलाई रोक्ने दाउमा शेर्पा

सातदोबाटोलाई एनआरटीको चुनौती, मछिन्द्रलाई रोक्ने दाउमा शेर्पा

सहिद स्मारक ए डिभिजन लिगमा शनिबार दुई खेल हुँदैछन्। पहिलो खेलमा सातदोबाटो यूथ क्लबले न्यु रोड टिम (एनआरटी) को सामना गर्नेछ।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगमा शनिबार दुई खेल हुँदैछन्। पहिलो खेलमा सातदोबाटो यूथ क्लबले न्यु रोड टिम (एनआरटी) को सामना गर्नेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो १ बजे सुरु हुने खेलमा सातदोबाटो र एनआरटी भिड्न लागेका हुन्।

अहिलेसम्म सातदोबाटो अंकतालिकाको तेस्रो स्थानमा छ। उसले तीन खेलबाट सात अंक जोडेको छ। पहिलो खेलमा फ्रेन्ड्ससँग बराबरीमा रोकिएको सातदोबाटोले दोस्रो खेलमा थ्रिस्टार र तेस्रो खेलमा एपीएफलाई हराएको थियो।

यता, एनआटीले पहिलो खेलमै हार बेहोरेको थियो भने त्यसपछिका दुई खेलमा बराबरी गरेको छ। एनआटीका नेपाली र विदेशी खेलाडीबीच तालमेल नमिलेपछि उनीहरूले फाइनल थर्डमा राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्।

त्यस्तै, आज पौने ५ बजे सुरु हुने खेलमा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबको सामना गर्नेछ। मछिन्द्रले तीन खेलबाट ७ अंक जोडिसकेको छ। ऊ साबिक उपविजेतासमेत हो। त्यसैले यो वर्ष पनि लिग जित्दै उपाधि रक्षा गर्ने दाउमा छ।

त्यस्तै, हिमालयन शेर्पाका खेलाडी पनि आफ्नो स्थानमा निकै बलियो उपस्थिति बनाउँदै आएको छ। भले शेर्पाले तीन खेलबाट दुई अंक मात्र जोडेको छ। तर उनले हरेक विपक्षीलाई निकै बलियो चुनौती पेस गर्दै आइरहेको छ।

प्रकाशित: Dec 11, 2021| 07:33 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।