शनिबार, माघ ३, २०८२

बुटवलमा पालिकास्तरीय महिला भलिबल सुरु

बुटवलमा उपमेयरकप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

बुटवल- बुटवलमा उपमेयरकप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ। बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो।

National life

बुटवल देविनगरस्थित कद्दरबहादुर रिता रायमाझी नवीन औद्योगिक माविमा सञ्चालित प्रतियोगिताको उद्घाटन खेलमा बेनी, तिलोत्तमा, बुटवल र वीरेन्द्रनगरले विजयी सुरुवात गरेका छन्।

बिहीबारको पहिलो खेलमा बेनी नगरपालिका, म्याग्दीले भिमदत्त नगरपालिका कञ्चनपुरमाथि २–० को सोझो सेटमा पराजित गरेको हो। यसैगरी दोस्रो खेलमा तिलोत्तमा नगरपालिकाले कोहलपुर नगरपालिकालाई २५–३, २५–७ अंकको सेटमा पराजित गरेको हो।

अर्को खेलमा आयोजक बुटवल उपमहानगरले गोदावरी नगरपालिकालाई २५–१८, २५–४ को सोझो सेटमा हराउँदै जित निकालेको छ।

्यसैगरी वीरेन्द्रनगर नगरपालिका, सुर्खेतले टिकापुर नगरपालिकामाथि २–१ को जित निकालेको छ। पहिलो सेटमा टिकापुरले २५–२३ को अग्रता लिएको थियो। दोस्रो र तेस्रो सेटमा खेलमा फर्कँदै वीरेन्द्रनगर १३–२५, ११–१५ को अंकले जित निकाल्न सफल भयो।

Laxmi sunrise bank
kumari

लैंगिक हिंसाविरुद्धको अभियान अन्तर्गत बुटवल उपमहानगरपालिकाले ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले गरेकी थिइन्।

त्यस अवसरमा उनले युवा सहभागिता बढाउन र युवाहरूको प्रवर्द्धन गर्न खेलकुदको विकास जरुरी रहेको बताइन्। बुटवलले एक वडा एक खेल मैदानको अभियान लिएर अगाडि बढेको र खेलकुदमा लगानी बढाउँदै लगेको पनि बताइन्। 

प्रतियोगितामा बेनी नगरपालिका म्याग्दी, भिमदत्त नगरपालिका कञ्चनपुर, कैलारी गाउँपालिका कैलाली, तिलोत्तमा नगरपालिका रुपन्देही, कोहलपुर नगरपालिका बाँके, बाणगंगा नगरपालिका कपिलवस्तु, वीरेन्द्र नगरपालिका सुर्खेत, टिकापुर नगरपालिका कैलाली, सैनामैना नगरपालिका रुपन्देही, गोदावरी नगरपालिका कैलाली र आयोजक बुटवल उपमहानगर गरी १० टिम सहभागी छन्।

प्रतियोगिताको उपाधि विजेताले नगद एक लाख ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र पाउने छ भने उपविजेता टिमले नगद ७५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र हात पार्ने छ। त्यस्तै तृतीय हुने टिमले नगद ३५ हजार रुपैयाँ तथा चौथोले १५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र पाउने खेल संयोजक अर्जुन घिमिरेले बताए। लिग कम नकआउटको आधारमा खेलाइएको प्रतियोगिता तीन दिनसम्म चल्ने उनले बताए।

प्रकाशित: Dec 09, 2021| 21:10 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।