आइतबार, असार २१, २०८३

खुला टेबलटेनिस प्रतियोगिता १ पुसदेखि

नेपाल एपीएम टेबलटेनिस प्रालि प्रथम नेपाल एपीएम खुल्ला टेबल टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ। प्र
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं– नेपाल एपीएम टेबलटेनिस प्रालि प्रथम नेपाल एपीएम खुल्ला टेबल टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता पुस १ देखि ३ सम्म भैंसेपाटी ललितपुरमा हुने आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।

प्रतियोगितामा मेन्स सिंगल्स, वुमेन्स सिंगल्स, मिक्स डबल्स, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (६० वर्षमाथि), ब्वाइज सिंगल्स यू १६ र गर्ल्स सिंगल्स यू(१६ गरी जम्मा आठ स्पर्धा रहेको आयोजकले जानकारी दिएको छ। 

‘प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्या ३२० रहेको छ। सहभागी हुने खेलाडी नेपाल प्रहरी, नेपाली सेना र र सशस्त्र प्रहरी बलका विभागीय टोलीसँगै स्थानीय क्लबका हुनेछन्,’ आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतियोगिताको अनुमानित बजेट १० लाख रुपैयाँ रहेको छ।’

सांग्रिला डेभलपमेन्ट बैंक प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ। आयोजकले बिहीबार प्रायोजक बैंकसँग सम्झौता सम्पन्न गरेको छ। यस्तै सह प्रायोजकमा पूर्णशंकर श्रेष्ठ रहेका छन् भने प्रतियोगिताको आधिकारिक टेबल टेनिस पार्टनर सिओम टेबल टेनिस नेपाल रहेका छन्।

प्रतियोगितामा मेन्स सिंगल्स र वुमेन्स सिंगल्सका विजयी खेलाडी नगद पुरस्कारबाट पुरस्कृत हुनेछन्। त्यस अनुसार पहिलो हुनेले १० हजार, दोस्रो हुनेले पाँच हजार तथा तेस्रो हुने दुई जनाले समान दुई हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: Dec 09, 2021| 16:55 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।