काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका प्रत्याशी गगनकुमार थापाले आफ्नो बिहीबार आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन्।
महाधिवेशन सुरु हुने अघिल्लो दिन अवधारणापत्र सार्वजनिक गर्दै थापाले कांग्रेस पार्टीको सदस्यता लिएको ३० वर्ष भएको भन्दै कांग्रेसको झन्डा बोकेर घरमा आउने कार्यकर्ताका कारण बाल्यकालमै मस्तिष्कमा कांग्रेसको छाप परेको बताए। पछि बुझ्ने भएपछि कांग्रेस सदस्य भएकोमा आफूलाई गौरव लागेको उनले सुनाए।
आफू विशाल रुखको छहारीमुनि बसेको अनुभव भइरहेको र जय नेपाल भन्ने भीडको बीचमा बसेको अनुभूति हुने भन्दै थापाले त्यो जय नेपाल भन्ने भीडमा टोपी लगाउने र धोती लगाउने सबै सबै अटाएको बताए।