बिहीबार, भदौ ४, २०८३

सभापतिका आकांक्षी शेखरले भने- एक पटक, यसैपटक

संस्थापन इतर समूहले सभापतिको साझा उम्मेदवार छान्‍न नसकिरहेको अवस्थामा कोइरालाले आफू जसरी पनि प्रतिस्पर्धामा उत्रने संकेत गरेका हुन्।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका आकांक्षी नेता डा. शेखर कोइरालाले आफू प्रतिस्पर्धामा उत्रिइछाड्ने संकेत गरेका छन्। संस्थापन इतर समूहले सभापतिको साझा उम्मेदवार छान्‍न नसकिरहेको अवस्थामा कोइरालाले आफू जसरी पनि प्रतिस्पर्धामा उत्रने संकेत गरेका हुन्। 

संस्थापन इतर समूहमा सभापतिका तीन आकांक्षी छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता कोइराला। पौडेलले सिंह र कोइराला मिले आफू ब्याक हुन सक्ने संकेत गरेका छन्। तर, सिंह र कोइराला ब्याक हुने अवस्थामा देखिँदैनन्। यही अवस्थामा कोइरालाले ट्विटमार्फत सभापति पदमा उम्मेदवारी दिइछाड्ने बताएका छन्।

 उनले अर्थपूणरुपमा ट्वीट गर्दै भनेका छन्, 'एकपटक, यसैपटक।’ यसको अर्थ हो– एक पटक सभापति लड्छु र त्यो पनि यसैपटक लड्छु।'  

बिहिबार कांग्रेस केन्द्रीय समितिको बैठकपछि सानेपा प्रांगणमा उनले कार्यकर्तालाई उम्मेदवारीको विषयमा चिन्ता नगर्न आश्वस्त पारिरहेका थिए। 

खासगरी संस्थापनइतर समूह मिल्नुपर्ने कार्यकर्ताको सुझाव थियो। उनीहरुलाई शेखरको जवाफ थियो– 'हेर्दै जाऔं न।' कतिपयले अघि बढ्नुस् भनिरहेका थिए। तर, कोइरालाले भनेका थिए– 'मलाई चिन्ता छैन, तपाईहरु किन चिन्ता लिनुहुन्छ।'

केन्द्रीय समिति बैठक सकेर निस्किएको एकाध घण्टामा उनले आफू ब्याक नहुने सन्देश दिएका छन्।


प्रकाशित: Dec 09, 2021| 16:26 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...