आइतबार, वैशाख २३, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • महरा र बाँस्कोटाको समाचार 'ब्रेक' गर्ने अजयबाबुका पाइला कांग्रेस केन्द्रतिर

महरा र बाँस्कोटाको समाचार 'ब्रेक' गर्ने अजयबाबुका पाइला कांग्रेस केन्द्रतिर

यसपटक धेरै युवा अनुहार महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी भइरहेकाले नेपाली कांग्रेसको केन्द्रमा युवा पुस्ताको प्रतिनिधित्व हुन्छ भन्नेमा ढुक्क छन्, अजयबाबु।
 |  बिहीबार, मंसिर २३, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं– २०७४ सालको आम निर्वाचनपछि मुलुकमा दुईतिहाइ सरकारको रजगज चलिरहेको थियो। त्यतिबेला माओवादी र एमालेको गठबन्धनपछि गठित सरकारको नेतृत्व गरिरहेका थिए, एमाले अध्यक्ष केपी शर्मा ओलीले। यही बेला नेवानिको वाइडबडी जहाज प्रकरणले होस् वा अन्य भ्रष्टाचार प्रकरण, ओलीको कप्तानीमा सरकार निरन्तर बदनामीको गोल गरिरहेको थियो।

triton college

त्यतिबेला सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा सरकारमा ओलीको दाहिने हातजस्तै थिए। राजनीतिक वृत्तमा भनिन्छ, ओलीले उनलाई काखी नै च्यापेका थिए। यतिसम्म कि विभिन्न सरकारी कामका सिललिसामा बाँस्कोटा रकम बार्गेनिङ गरिरहेका थिए, तर ओली मौन बसिरहे। 

यसकै एक उदाहरण हो, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण। स्वीस कम्पनीका नेपाली एजेन्ट विजय मिश्रले प्रेस खरिदका लागि बाँस्कोटाले मोलमोलाइ गरेको अडियो २०७५ पुसमा नै प्रधानमन्त्री ओलीलाई सुनाएका रहेछन्, तैपनि ओलीले सुनेको नसुन्यै गरे। 

तर, सत्य लामो समयसम्म कहाँ लुक्न सक्छ! तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आर्थिक बार्गेनिङ गरिरहेको उक्त अडियो हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु सिवाकोटीले हात पारे। अनि तत्कालै आफ्नो अनलाइनमार्फत सार्वजनिक गरिहाले विस्तृत रिपोर्टसहित। रिपोर्टिङ सार्वजनिक हुनासाथ सोसल मिडियामा सरकारको चर्को आलोचना त भयो नै, बाँस्कोटा मन्त्री पदबाट तत्काल राजीनामा दिन बाध्य भए। 

प्रधामन्त्रीले नै काखी च्यापेका मन्त्री बाँस्कोटाको पद धरापमा पार्ने अजयबाबु तिनै पत्रकार हुन्, जसले त्यसअघि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र तत्कालीन सभामुख कृष्णबहादुर महराको पनि जागिर खाइदिएका थिए। संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीसँगको यौन दुर्व्यवहार प्रकरण पनि उनै सिवाकोटीले बाहिर ल्याइदिएका थिए। त्यसपछि महरा सभामुखबाट राजीनामा दिन बाध्य भए। 

corrent noodles
Metro Mart

यसरी राजनीतिक वृत्तका दुई ‘भीआईपी’ को कर्तुत बाहिर ल्याएर साहसी पत्रकारको छवि बनाएका अजयबाबु आज आफ्नो परिचय फराकिलो बनाउने क्रममा छन्। दुई राजनीतिज्ञको जागिर खाइदिएपछि आज उनी आफैं पत्रकारिता छाडेर मूलधारको राजनीति गर्न तम्सिएका छन्। त्यसैले त नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। 

आफ्नो प्रचारमा हिँड्दै गर्दा हामीले उनीसँग सभामुख र मन्त्रीको पद खाइदिएको प्रसंग नउप्काउने कुरै थिएन। त्यसको जवाफमा उनले पद खाइदिने त्यस्तो कुनै नियत नभएको बताए। ‘महरा र बाँस्कोटा स्क्यान्डको सन्दर्भमा हामीकहाँ जुन सूचना आएको थियो, मैले त्यसको रिपोर्टिङ गरेको मात्रै हो,’ उनले भने, ‘तर, उनीहरुको जागिर खाइदिने त्यस्तो कुनै मिसन थिएन। हामीलाई सूचना आयो, हामीले छाप्यौं। महराजीको केसमा चाहिँ महिलामाथि दुर्व्यवहार भएको कुराहरु आइसकेपछि सूचना भेरिफाइ गर्ने प्रयास गर्यौं र उनै महिलासँग सम्पर्क बढाएर रिपोर्टिङ गरेका थियौं। त्यसमा जेजस्तो समाचार आयो र आउटपुट देखियो, त्यो अहिले पनि पब्लिक डोमेनमै छ।’

अजय थप्छन्, ‘त्यसपछि उनी कसरी होस्टाइल भइन् अथवा उनी बदलिइन् भन्ने त्यो उनकै कुरा हो। सूचना पाइसकेपछि उजागर गर्ने हिसाबले मात्रै रिपोर्टिङ गरेका थियौं। त्यसपछि धेरै कुराहरु आए। त्यो समयमा हामीलाई अन्तर्राष्ट्रिय स्तरबाट पनि थ्रेटका कुराहरु आए। त्यसपछि यहीँभित्रबाटै बुलिङ गर्नेदेखि विभिन्न कुराहरु भए। अफिसमा आएर अट्याक गर्नेसम्मका कुराहरु आए।’

प्रधामन्त्रीले नै काखी च्यापेका मन्त्री बाँस्कोटाको पद धरापमा पार्ने अजयबाबु तिनै पत्रकार हुन्, जसले त्यसअघि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र तत्कालीन सभामुख कृष्णबहादुर महराको पनि जागिर खाइदिएका थिए।

त्यसो त अजयको मिडियाले ब्रेक गरेको समाचारको बारेमा पक्षविपक्षमा विभिन्न मतहरु आएकै हुन्। ती कुराहरु उनले बिर्सिएका छैनन्। ‘ती सबै कुरालाई सतहमा ल्याइदिएपछि पक्षविपक्षमा आएका तर्कवितर्क सबै पब्लिक डोमेनमै छोडिदिएका थियौं,’ उनी भन्छन्। 

महराको प्रकरण थियो २०७५ भदौको। त्यसपछि सोही वर्ष फागुनमा उनले आफ्नै बाइलाइनमा बाहिर ल्याएको गोकुल बाँस्कोटाको प्रकरण पनि विस्तृतमा सम्झिए। ‘महरा प्रकरणको केही महिनापछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा ठूल्ठूला डिल र कमिसनका ओपन कुराहरु भइराखेको चर्चा बजारमा भइरहेको थियो,’ उनी सम्झन्छन्, ‘त्यही बेला एउटा डकुमेन्ट हाम्रो हातमा फेला पर्यो, जुन डकुमेन्ट र अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट हात धुनुपर्ने अवस्था आयो। ७० करोडको मोलमोलाइ गरिरहेको जुन अडियो थियो, त्यसलाई मैले महराजीको प्रकरणजति सिरियस होला भन्ने सोचेको थिइनँ। भलै बाँस्कोटाको जीवनको लागि सिरियस थियो होला। तर, जब अडियो सार्वजनिक भयो, त्यसपछि आएको धाकधम्कीले महराजीभन्दा गम्भिर महसुस भयो।’

पहिले मिडिया क्षेत्रमै काम गरेर गएका हुनाले बाँस्कोटा त्यतिविघ्न कठोर हुनसक्लान् भनेर उनले कल्पना पनि गरेका थिएनन्। तर, राजनीतिमा प्रवेश गरेपछि गुट चलाउने नाममा, त्यहाँभित्रको गुटको प्रभावले पनि गोकुल बाँस्कोटाले धाकधम्की दिने अवस्थामा पुग्नु स्वभाविक रहेको भन्दै उनले चित्त बुझाए।

अजयबाबुलाई लाग्छ, कांग्रेसको केन्द्रीय राजनीतिमा आउन कहीँ न कहीँ ती दुवै प्रकरणले पनि हौस्याएको हो। ‘महरा र बाँस्कोटाको प्रकरणले राजनीतिको विकृत रुप त बाहिर ल्यायो नै, सँगसँगै कहीँ न कहीँ म आफैंलाई पनि यो फोहोर मुहान सफा गर्न आफैं राजनीतिमा जानुपर्छ भनेर हौस्याएको पनि हो,’ उनले भने। 

त्यसो त अजयबाबुको राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि नै सुरु भएको हो। २०५१–२०५२ सालमा अध्ययनका सिलसिलामा काठमाडौंको शंकरदेव क्याम्पस छिर्दाखेरि नै उनले नेविसंघको इकाइमा रहेर काम गरेका थिए। त्यतिबेला शंकरदेव क्याम्पसमा पढ्दाका धेरै दौंतरीहरु आज कतिपय जिल्लाका सभापति भइसकेको उनी बताउँछन्। 

यसपटक धेरै युवा अनुहार महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी भइरहेकाले नेपाली कांग्रेसको केन्द्रमा युवा पुस्ताको प्रतिनिधित्व हुन्छ भन्नेमा ढुक्क छन्, अजयबाबु। पुराना मान्छेको वर्चश्व रहेका कारण जसरी पहिले कांग्रेसलाई पोखरीमा जमेको पार्टी भनिन्थ्यो, यसपटकको परिणामपछि त्यस्तो नहोला कि भन्ने उनलाई लागेको छ।  

प्रकाशित: Dec 09, 2021| 19:38 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्