बिहीबार, भदौ ४, २०८३

कांग्रेस महाधिवेशनमा भाजपा र कांग्रेस आइका प्रतिनिधि आउँदै

'महाधिवेशनमा विदेशी पाहुनालाई पनि बोलाइएको छ। हालसम्म भारतीय जनता पार्टी र कांग्रेस आइका प्रतिनिधिहरू सहभागी हुनुहुने जानकारी आएको छ,' प्रवक्ता शर्माले भने।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा शुभकामना व्यक्त गर्नका लागि भारतका दुई दलका प्रतिनिधिहरू आउने भएका छन्। भारतीय सत्ताधारी दल भारतीय जनता पार्टी र कांग्रेस आइका प्रतिनिधिहरू नेपाल आउन लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

'महाधिवेशनमा विदेशी पाहुनालाई पनि बोलाइएको छ। हालसम्म भारतीय जनता पार्टी र कांग्रेस आइका प्रतिनिधिहरू सहभागी हुने टुंगो लागेको छ,' प्रवक्ता शर्माले भने। 

महाधिवेशनको उद्धाटन कार्यक्रममा मुख्य राजनीतिक दलका नेता र विदेशी पाहुनाले सम्बाेधन गर्ने बताइएको छ। बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको केन्द्रीय समितिको बैठकपछि प्रवक्ता शर्माले यस्तो बताएका हुन्।

बैठकले महाधिवेशनमा पेस गरिने ४ प्रस्तावलाई समे पारित गरेको छ। कांग्रेसका दुई महामन्त्रीका दुई प्रस्ताव, नीति प्रशिक्षण प्रस्ताव र आर्थिक प्रतिवेदन पारित भएको प्रवक्ता शर्माले जानकारी दिए। 

प्रकाशित: Dec 09, 2021| 15:03 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...