काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको खातामा १० लाख रुपैयाँ मौज्दात रहेको जानकारी दिएका छन्। केन्द्रीय कार्यसमितिको बैठकबाट बाहिरिने क्रममा प्रवक्ता शर्माले पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो जानकारी दिएका हुन्।
'नेपाली कांग्रेसको खातामा यतिबेला १० करोड रुपैयाँ मौज्दात छ,' प्रवक्ता शर्माले भने, 'बन्दसत्रमा लेखासम्बन्धी प्रस्ताव पनि पेस हुन्छ। यीलगायतका विषयमा पनि छलफल भयो।'
उनका अनुसार बैठकमा मुख्यतया ४ प्रस्तावमा छलफल भएको थियो। कांग्रेसले यसअघि नै महाधिवेशनमा नेतृत्व चयन हने र पछि छुट्टै विधान तथा नीतिनियमका विषयमा छलफल गरिने बताएका थिए।
'महाधिवेशनमा पेस गर्नका लागि पार्टीका दुई महामन्त्रीको प्रतिवेदन पारित गरियो। यी दुवै प्रतिवेदन बन्दसत्रमा प्रस्तुत हुनेछन्,' उनले भने।
नीति अुनसन्धान प्रशिक्षण समितिको प्रतिवेदनमाथि पनि छलफल भएको र पारित भएकोसमेत उनले जानकारी दिए।