बिहीबार, भदौ ४, २०८३

कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक सानेपामा जारी

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ललितपुरको सानेपास्थित मुख्य कार्यालयमा बसिरहेको छ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ललितपुरको सानेपास्थित मुख्य कार्यालयमा बसिरहेको छ। भोलि शुक्रबार सुरु हुने १४ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने भएकाले वर्तमान कार्यसमितिको यो अन्तिम बैठक हो।

खासगरी महाधिवेशन तयारीको बारेमा छलफल गर्न बैठक डाकिएको भए पनि पदाधिकारी र केन्द्रीय समिति सदस्यको संख्या थप गर्ने प्रस्ताव पनि बैठकमा पेश हुने बताइएको छ। 

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल भने सहभागी भएका छैनन्। उनले बैठकमा आफू सहभागी नहुने सन्देश पार्टी सभापति शेरबहादुर देउवालाई पठाइसकेको बताइएको छ। 

आजको बैठकमा पार्टीमा सहमहान्त्री र केन्द्रीय सदस्यको संख्या थप्ने प्रस्ताव पेश हुने बताइएको छ। पौडेलले भने विधान संशोधन नभएकाले सहमहामन्त्री थप्न नमिल्ने बताएका छन्। अहिले कांग्रेसमा ८ जना सहमहामन्त्री हुने व्यवस्था छ।

पार्टीमा नेताहरुको व्यवस्थापन गर्न सहमहामन्त्रीको संख्या थपेर १० बनाउने तयारी संस्थापन (देउवा) पक्षको छ। तर, पौडेलले महाधिवेशनको एक दिनअघि विधान चलाउने काम आफूलाई मान्य नहुने बताएका छन्।

कांग्रेसको विधानमा महिला, दलित, आदिवासी–जनजाति, मुस्लिम, थारू, मधेसी, खस–आर्य र पिछडिएको क्षेत्रबाट ८ जना सहमहामन्त्रीको व्यवस्था छ। उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यमा खुलातर्फको छुट्टै कोटा भए पनि सहमहामन्त्रीमा खुलातर्फ कोटा छुट्याइएको छैन।

कांग्रेस विधानमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ जना सहमहामन्त्री र एक जना कोषाध्यक्ष (मनोनित) गरी १४ जना पदाधिकारी रहने व्यवस्था छ। केन्द्रीय सदस्यहरू खुलातर्फ ३५ जना, विभिन्न समावेशी समूह र पिछडिएको क्षेत्रतर्फ ६५ जना र ७ प्रदेशबाट एक–एक महिलासहित २१ जना चुनिन्छन्। 

वरिष्ठ नेता पौडेलसहित अन्य नेताहरू सहभागी नभएपछि पदाधिकारी र केन्द्रीय सदस्य थप्ने प्रस्ताव पारित हुने सम्भावना भने छैन। 


प्रकाशित: Dec 09, 2021| 14:15 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...