बिहीबार, भदौ ४, २०८३

नेता निधिले भने– मेरो उम्मेदवारीमा म अडिग छु

नेपाली कांग्रेसभित्रका समूहमा उम्मेदवारको सूची तय गर्न हम्मे–हम्मे परिरहेका बेला सभापतिका प्रत्याशी तथा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू जुनसुकै हालतमा पनि सभापतिको उम्मेदवार हुने अडान दोहोर्‍याएका छन्।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं– नेपाली कांग्रेसभित्रका समूहमा उम्मेदवारको सूची तय गर्न हम्मे–हम्मे परिरहेका बेला सभापतिका प्रत्याशी तथा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू जुनसुकै हालतमा पनि सभापतिको उम्मेदवार हुने अडान दोहोर्‍याएका छन्।

‘महाधिवेशनमा मेरो सभापति पदको दाबी यथावत् छ,’ पार्टी मुख्यालय सानेपामा पत्रकारहरुसँग कुराकानी गर्दै नेता निधिले भने, ‘एउटा लोकतान्त्रिक दलभित्र हुने लोकतान्त्रिक अभ्यासलाई स्वाभाविक रुपमा लिनुपर्छ।’

पार्टीलाई जिवन्त र सबैका लागि सर्वस्वीकार्य बनाउने अभियानसहित १४ औं महाधिवेशनमा सभापति पदका लागि मैदानमा उत्रेका नेता निधिलाई पत्रकारहरुले संस्थापन र संस्थापन इतरका छलफलहरुबारे पनि जिज्ञासा राखेका थिए। जवाफमा नेता निधिले भने, ‘मलाई पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैजनाले अहिलेसम्म छलफलमा बोलाउनु भएको छैन। उहाँहरुको मप्रति सहानुभूति छ।’

कांग्रेसको १४ औं महाधिवेशन भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ।

प्रकाशित: Dec 09, 2021| 13:56 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...