मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बिहानी समाचार : कांग्रेसमा उम्मेदवारको अन्योल कायमै, माओवादीले बोलायो स्थायी कमिटी बैठक

बिहानी समाचार : कांग्रेसमा उम्मेदवारको अन्योल कायमै, माओवादीले बोलायो स्थायी कमिटी बैठक

महाधिवेशन सुरु हुन एक दिन मात्रै बाँकी रहँदा समेत नेपाली कांग्रेसको कुन पदमा को-को उम्मेदवार भन्ने अन्योल कायमै रहेको छ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं- महाधिवेशन सुरु हुन एक दिन मात्रै बाँकी रहँदा समेत नेपाली कांग्रेसको कुन पदमा को-को उम्मेदवार भन्ने अन्योल कायमै रहेको छ। 

शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षबाट सभापतिमा देउवा नै उठ्ने करिब निश्चित भएपनि अन्य १२ पदमा भने को को उम्मेदवार हुने भन्ने अझै टुंगो लाग्न सकेको छैन्। २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीका लागि देउवा पक्षबाट करिब दुई दर्जन नेताहरु आकांक्षी देखिएका छन्। आकांक्षीको सूची लामो हुँदा देउवालाई उम्मेदवार छान्न हम्मे हम्मे परेको छ।

बिहीबार पदाधिकारीका उम्मेदवारहरुको चयन गर्ने गरी देउवाले आन्तरिक छलफललाई तिब्रता दिएका छन्। बिहिबार बेलुका सम्ममा उम्मेदवार चयन भै सक्ने देउवा पक्षीय एक नेताले बताए। उनका अनुसार देउवा पौडेल पक्षका उम्मेदवार सूची कुरेर बसेका छन्। 

साझा उम्मेदवार छान्न संस्थापन इतर पक्ष छलफलमा

नेपाली कांग्रेसको रामचन्द्र पौडेल नेतृत्वको संस्थापन इतर पक्ष सभापतिको साझा उम्मेदवार छान्न आज पनि छलफलमा जुटेको छ। 

चार दिन यता लगातार छलफल गरेपनि सभापतिको उमेदवारमा सहमति हुन सकेको छैन्। इतर पक्षबाट सभापतिको आकांक्षा राखेका रामचन्द्र पौडेलसँगै, प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिको उम्मेदवार आफू नै हुनु पर्ने अडान राखेपछि सहमति हुन नसकेको हो।

यद्यपी आज साझा उमेदवार छनोट गर्ने पौडेल पक्षिय नेता धनराज गुरुङले जानकारी दिए। उनका अनुसार बिहानदेखि केन्द्रिय सदस्य, जिल्ला र प्रदेशका सभापतिहरु छलफलमा बसिरहेका छन्। 

कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक आज

नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक आज बस्दै छ। 

१४औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसले महाधिवेशन सुरु हुनु एक दिनअघि केन्द्रीय समितिको बैठक बोलाएको हो। बैठक बिहान साढे  ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

उनका अनुसार बैठक मुख्यगरी शुक्रबारदेखि काठमाडौंमा सुरु हुने पार्टीको महाधिवेशन तयारीबारे छलफलमा केन्द्रित हुनेछ यसैबिच, आजको बैठकमा खुलातर्फ दुई जना सहमहामन्त्री थप्ने तयारी भएको एक पदाधिकारीले जानकारी दिएका छन्। काँग्रेसमा अहिले एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री हुने व्यवस्था छ। अब खुलाबाट थप दुई जना सहमहामन्त्री थप्ने तयारी छ।

नेकपा (माओवादी केन्द्र)ले बोलायो स्थायी कमिटी बैठक

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ। 

बिहीबार बिहान ११ बजेपछि बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११-१३ पुसमा तय भएको सम्मेलनबारे निर्णय लिने नेताहरुले बताएका छन्। २५-२६ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ। यस्तै माओवादीले बुधबार मात्रै ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ। 

विवाह पञ्चमी आज समापन हुने 

साताव्यवापी रुपमा मनाइने विवाह पञ्चमी आज सम्पन्न हुने भएको छ। बिहीबार रामकलेवा विधि पश्चात साताव्यापी विवाह पञ्चमी समापन हुनेछ। जन्तीको रुपमा भगवान रामको जन्मभूमि भारतको अयोध्या र अन्य स्थानबाट आएका साधुसन्तलाई भोज खुवाउने र दक्षिणासहितको बिदाइ गर्नुलाई रामकलेवा विधि भनिन्छ।

बिहीबार सामुहिक भोजका लागि जानकी मन्दिरमा ३६ व्यञ्जनको भोजको तयारी गरिएको छ। बुधबार राति त्रेता युगमा जस्तै राम र सिताको विवाह गरिदिएर विवाह पञ्चमी मनाइएको हो। विवाह समारोहमा लाखौं श्रद्धालु सहभागी थिए। 

हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाप्रमुख रावत दम्पतीसहित १३ जनाको मृत्यु

देशकै पहिलो चीफ अफ डिफेन्स विपिन रावतको हेलीकप्टर दुर्घटनामा परी निधन भएपछि  भारतिय रक्षामन्त्री राजनाथ सिंहले आज संसदमा जवाफ दिने भएका छन्। 

रावतसहित १३ जनाको ज्यान जानेगरी भएको हेलीकप्टर दुर्घटनाको रक्षामन्त्रीले संसदमा जवाफ दिने भारतिय संचार माध्ययमलाई उद्धत गर्दै बीबीसीले जनाएको छ। सेनाध्यक्ष रावतको शब आज साँझसम्म दिल्ली ल्याइने छ। उनको अन्तिम शंस्कार भने भोली गरिने बीबीसीले जनाएको छ।

भारतको तमिलनाडु कुन्नुरमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा हिँजो भारतीय पुर्व सेनाध्यक्ष रावतसहित १३ जनाको मृत्यु भएको छ।

फाइजर र वायो एनटेकले उत्पादन गरेको कोभिड खोपले नयाँ भेरियन्टविरुद्ध पनि काम गर्ने

खोप निर्माता कम्पनी फाइजर र वायो एनटेकले आफूले उत्पादन गरेको कोभिड खोप कोरोनाको नयाँ भेरियन्टविरुद्ध पनि काम गर्ने बताएका छन्। 

बुस्टर डोज लगाएमा ओमिक्रोनविरुद्ध प्रभावकारी हुने ती कम्पनीले बताएका हुन्। अन्य भेरियन्टविरुद्ध दुई डोज खोप लगाए बराबरको एन्टीबोडी ओमक्रिोनका लागि तीन डोज लगाउँदा मात्र प्राप्त हुने ती कम्पनीहरुले जनाएका छन्।

आफूहरुले ओमिक्रोनलाई लक्षित गरेर विशेष प्रकारको खोप आविश्कार गर्न लागेको पनि ती कम्पनीले जनाएका छन्। आगामी १०० दिनभित्र नयाँ खोप तयार हुने उनीहरुको भनाई छ। 

प्रकाशित: Dec 09, 2021| 10:20 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।