आइतबार, असार २१, २०८३

चोटिल समयमा गोल बेहोरेपछि बराबरीमा रोकियो चेल्सी

जेन्ट सेन्ट पिटर्सबर्गको मैदानमा बुधबार राति सम्पन्न खेलमा चेल्सी घरेलु टिमसँग ३-३ गोलको बराबरीमा रोकिएको हो।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं- डिफेन्डिङ च्याम्पियन्स चेल्सी युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा बराबरीमा रोकिएको छ। जेन्ट सेन्ट पिटर्सबर्गको मैदानमा बुधबार राति सम्पन्न खेलमा चेल्सी घरेलु टिमसँग ३-३ गोलको बराबरीमा रोकिएको हो।

चेल्सीका लागि टिमो वार्नरले दुई गोल गरे भने रोमेलु लुकाकूले एक गोल गरे। वार्नरले दोस्रो मिनेटमै खेलको पहिलो गोल गरेका थिए।

त्यसपछि जेन्टका रोड्रिडस लियोनेल र अज्मोउनले गोल गर्दै पहिलो हाफमा चेल्सीलाई २-१ गोले पछि पारेका थिए। दोस्रो हाफमा लुकाकु र वेर्नरले गोल गर्दै चेल्सीलाई ३-२ गोलले अघि ल्यउन सफल भए।

तर, खेलको दोस्रो हाफमा मैदानमा आएका मगोमेद ओज्डोएभले चोटिल समयमा गोल गरेपछि खेल ३-३ गोलअन्तरको बराबरीमा रोकिएको थियो। यो बराबरीसँगै चेल्सीले शीर्षस्थानमा रहने मैका गुमायो। उसले दोस्रो स्थानमा रहँदै समूह चरण पार गरेको छ।

खेलपछि चेल्सीका प्रशिक्षक थोमस टुचेलले आफ्ना खेलाडीले सुरुआति लिड लिइसकेपछि खेलको आफ्नो स्वभाव परिवर्तन गरेकाले बराबरीमा रोकिनुपरेको बताएका छन्।

‘हामीले  पहिलो १५ मिनेट निकै राम्रो खेल्यौँ। तर त्यसपछि त्यस्तो प्रदर्शन भएन,’ उनले भने।

प्रकाशित: Dec 09, 2021| 08:06 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।