काठमाडौं- नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन गरेको छ। बुधबार समितिले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
कार्यतालिकाअनुसार मतदाताहरूको नामावली महाधिवेशन उद्घाटनकै दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म गरिनेछ।
उम्मेदवारको मनोनयनका लागि मंसिर २५ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ। यस्तै उम्मेदवारहरूमाथिको दाबीविरोधका लागि २५ बेलुका ५ बजेदेखि ७ बजेसम्मको समय तोकिएको छ।
उम्मेदवारको अन्तिम नामावली २६ गते दिउँसो साढे १२ बजेगरिनेछ। मतदानका कार्यक्रम २७ गते बिहान ८ बजेदेखि सुरु हुनेछन्।
सभापतिका मतगणना भृकुटीमण्डपमा नै हुने र बाँकी पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारका मतगणना भने केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ।