आइतबार, असार २१, २०८३

सन्दीप लामिछाने सम्बद्ध होबर्ट हुरिकेन्स पराजित

आइतबारदेखि सुरू भएको लिगको पहिलो खेलमा सन्दीप सम्मिलित हुरिकेन्स सिड्नी सिक्सरसँग १४ रनले पराजित भयो। यद्यपि टोलीले पराजित हुँदा सन्दीपले औसत बलिङ गरे।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले सहभागी होबर्ट हुरिकेन्स पहिलो खेलमै पराजित भएको छ। यद्यपि, बुधबार भएको अस्ट्रेलियन फ्रेन्चाइज क्रिकेट- बिग बास लिगमा होबर्ट हुरिकेन्सको पहिलो खेलमा सन्दीपले एक विकेट लिए। 

आइतबारदेखि सुरू भएको लिगको पहिलो खेलमा सन्दीप सम्मिलित हुरिकेन्स सिड्नी सिक्सरसँग १४ रनले पराजित भयो। यद्यपि टोलीले पराजित हुँदा  सन्दीपले औसत बलिङ गरे।

लन्चेस्टनस्थित औरोरा स्टेडियममा टस जितेर फिल्डिङ रोजेको हुरिकेन्सविरुद्ध सिड्नीले १४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। सोही क्रममा आफ्नो पूरा चार ओभर बलिङ गरेका सन्दीपले २४ रन खर्चेर एक विकेट मात्र लिए।

सिड्नीका लागि छैठौं नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका ड्यान क्रिस्चियनलाई सन्दीपले जोर्डन कक्सको हातबाट ब्याच आउट गराएका थिए। ड्यानले १० बलमा पाँच रन जोडेका थिए।

दोस्रो इनिङमा सन्दीपको हुरिकेन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३० रन मात्र बनाउँदा उनले ब्याटिङको मौका पाएनन्। सन्दीपको हुरिकेन्सले आगामी खेलमा शनिबार सिड्नीसँगै खेल्ने छ।

प्रकाशित: Dec 08, 2021| 22:05 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।