बिहीबार, भदौ ४, २०८३

साझा उम्मेदवार तय गर्न फेरि चाक्सीबारीमा इतर समूहको भेला

सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक चाक्सीबारीमा सुरु भएको छ।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं- सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक चाक्सीबारीमा सुरु भएको छ। बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको इतर समूहको छलफल विना निष्कर्ष निस्किएको थियो।

नेता प्रकाशमान सिंहको निवासमा जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, डा.शेखर कोइराला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बलबहादुर केसीलगायतका नेताहरू सहभागी छन्। 

बैठकले आजै सभापतिको साझा उम्मेदवार तय गर्ने नेताहरूले दाबी गरेका छन्। इतर समूहबाट सभापतिको दौडमा पौडेल, सिंह र शेखर कोइराला आकांक्षी छन्।

प्रकाशित: Dec 08, 2021| 16:45 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...