शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पुलिसले रणनीति परिवर्तन गरेपछि दबाब सहँदै बराबरीमा रोकियो हिमालयन शेर्पा

पुलिसले रणनीति परिवर्तन गरेपछि दबाब सहँदै बराबरीमा रोकियो हिमालयन शेर्पा

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी गरेको छ।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा करिब ९ सय दर्शकमाझ हिमालयन शेर्पाले पहिलो मिनेटमा बनाएको अग्रता जोगाउन नसकेपछि खेल बराबरीमा रोकिएको हो।

National life

उसले आजको खेलका पुलिसमाथि दबाब बनाउन पनि सकेन। खेलपछि हिमालयन शेर्पाका प्रशिक्षक युगल किशोर राईले भने, ‘जसरी खेल्छौं भनेर आएको थियौँ, त्यसरी खेल्न सकिएन। हामीले जसरी तयारी गरेका थियौँ, त्यो भएन। पुलिसले सुरुका दुई खेलमा मिड प्रेस र हाइ प्रेस गर्ने थियो। त्यो विरुद्धमा हामीले अभ्यास गरेका थियौँ। तर हामीले त्यसलाई खेलमा देखाउन सकेनौँ र दबाब पनि बेहोर्नु पर्यो।’

खेलको ५३ औं सकेन्डमा गोल गर्दै हिमालयन शेर्पाले खेलमा अग्रता बनायो। पेनाल्टी बक्सभित्र आएको सहज बललाई गोलकिपर सत्रुघन कुमार चौधरीले नियन्त्रणमा लिन नसकेपछि गोल भएको थियो। यससँगै पहिलो मिनेटबाटै विभागीय टिम दबाबमा आयो। पहिलो गोलबाहेक शेर्पाले पुलिसको पोस्टमा धेरै अटेम्प्ट गर्न भने सकेन।

यता पुलिसले केही अवसर गुमायो। खेलको १५ औं मिनेटमा मानबहादुर परियारको प्रहार पोस्टको छेउबाट बाहिरिएको थियो। त्यस्तै, खेलको २३ औं मिनेटमा आफू र विपक्षी टिमका गोलकिपर (किशार गिरी) मात्र भएको अवस्थामा पुलिसका भरत साहले गोलको अवसर गुमाएका थिए।

त्यस्तै, खेलको ३० औं मिनेटमा तेज तामाङको पासमा भरत साहले हेडमार्फत गरेको प्रहार गोलकिपरले बचाएका थिए।  पहिलो हाफमा गोल गर्न नसके पनि दोस्रो हाफको ६० औं मिनेटमा पुलिसले खेललाई बराबरीमा ल्यायो। 

Laxmi sunrise bank
kumari

खेलको ६० औं मिनेटमा मिडफिल्डर रविशंकर पासवानले गोललाइन छेउबाट दिएको पासलाई सदुपयोग गर्दै सुमन लामाले गोल गरे। त्यो समयमा शेर्पाका उलरिच सिवे घाइते भएपछि उपचारका लागि मैदानबाट बाहिर थिए। के उलरिच बाहिर हुनु फाइदा हो? जवाफमा प्रशिक्षक थापाले भने, ‘हुन पनि सक्छ, एक खेलाडी बाहिर रहँदा हामीलाई फाइदा भएको पनि हो। उसले टिममा राम्रो खेलिरहेको थियो।’

खेलको ४० औं मिनेटमा भोला नाथ सिलवाल र ६४ औं मिनेटमा जुमानु राई मैदानमा छिरेका थिए। उनीहरु पछिल्ला खेलमा उनीहरु बेञ्चमै थिए। ‘एक गोलले पछि परेको अवस्थामा अनुभवी खेलाडी छिराएको हो। अनुभवले त्यो समयमा काम गर्छ। उनीहरुले लिगमा पछि पनि खेल्नेछन्,’ प्रशिक्षक थापाले भने।

त्यस्तै, खेलको ६४ औं र ६५ औं मिनेटमा पुलिसले गोलका लागि गरेको प्रयास खेर गयो। तेजले कर्नरबाट प्रहार गरेको बल पुलिसका डिफेन्डर अन्जन राईले हेडमार्फत गरेको प्रहार क्रसबारमा लागेर बाहिरियो। त्यहि मिनेटमा गरिएको अर्को प्रहारलाई गोलकिपर चौधरीले गोललाइनबाट बचाएका थिए।

८३ औं मिनेटमा हिमालयनका कप्तान श्रेष्ठले प्रहार गरेको फ्रिकिक गोलकिपर गिरीको हातमा पुगेर रोकिएको थियो। खेलपछि पत्रकार सम्मेलनमा बोल्दै आजको खेलमा अवसर सदुपयोग गर्न नसकेको प्रशिक्षक राईले बताएका छन्। खेलमा शेर्पाका डिफेन्डर जीवन गुरुङ म्यान अफ दि म्याच भए। 

यससँगै पुलिसले तीन खेलबाट ५ अंक जोडेको छ। उसले पहिलो खेलमा आर्मीसँग बराबरी खेलेको थियो भने दोस्रो खेलमा जावलाखेललाई हराएको थियो। यो बराबरीसँगै पुलिस अंकतालिकाको चौथो स्थानमा पुगेको छ।

यता हिमालयन शेर्पाले पहिलो खेलमा संकटासँग बराबरी खेलेको थियो भने दोस्रो खेलमा मनाङ मर्स्याङ्दीसँग १–० गोलको हार बेहोरेको थियो। त्यसैले उसको अहिले २ अंक मात्र छ।

२ अंकले अगाडिका खेलहरुमा कति दबाब दिन्छ? जवाफमा प्रशिक्षक राई भन्छन्, ‘अंकतालिकाका हिसाबले दबाब धेरै छ। चुनौतिलाई स्विकार गरेर हामीले खेल्नुपर्छ। अब हामी रेलिगेसनबाट जोगिने बेला पनि हो।’

राईले हिमालयन शेर्पालाई फुटबलको सिद्धान्तमा खेलाउने बताएका छन्। उनले त्यसरी नै खेलाउँदै आएका पनि छन्। तर पुलिसले पछिल्लो खेलको तुलनामा आजको खेलमा रणनीति परिवर्तन गरिदिनाले शेर्पाले तयारी गरेअनुसारको खेल्न सकेन।

उनले नेपाली खेलाडी ग्रासरुट नआउने भएका कारण सुरुबाटै फुटबलको सिद्धान्त बुझ्न नसक्ने बताएका छन्। उनले भने, ‘फुटबलको सिद्धान्त बुझ्न गाह्रो भएको हुन्छ नै। खेलाडीले २४ वर्षमा सबै सिद्धान्त बुझिसक्छ। त्यस हिसाबले ठूला देशहरुको ग्रासरुटबाटै आएका खेलाडीलाई सजिलो हुन्छ। हाम्रोमा त्यो प्रकृया ढिलो हुन्छ।’

प्रकाशित: Dec 08, 2021| 16:14 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।