बिहीबार, भदौ ४, २०८३

गगन थापाले बागबजारमा खोले सम्पर्क कार्यालय

महाधिवेन प्रतिनिधिहरूसँगको छलफल तथा भेटघाटकाका लागि सम्पर्क कार्यालयलाई प्रयोगमा ल्याइने थापाको सचिवालयले जानकारी दिएको छ। थापाले बुधबार दिउँसो कार्यालयको उद्धाटन गर्ने भएका छन्।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले महाधिवेशनका लागि सम्पर्क कार्यालय स्थापना गरेका छन्। राजधानीको बागबजारस्थित होटल हार्दिकमा उनले सम्पर्क कार्यालय खोलेका हुन्। 

महाधिवेन प्रतिनिधिहरूसँगको छलफल तथा भेटघाटकाका लागि सम्पर्क कार्यालयलाई प्रयोगमा ल्याइने थापाको सचिवालयले जानकारी दिएको छ। थापाले बुधबार दिउँसो कार्यालयको उद्धाटन गर्ने भएका छन्। 

गगन थापाले केन्द्रीय महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्। संस्थापन इतर पक्षमा क्रियाशील रहेका थापाले यसअघि पनि सोही पदमा उम्मेदवारी दिएका थिए। सिटौला पक्षबाट उम्मेदवार बनेका थापा यतिबेला संस्थापन इतरबाट साझा उम्मेदवार बन्ने पक्षमा छन्।

संस्थापन इतर पक्षमा साझा उम्मेदवार बन्न दबाब बढ्दै गएको छ। तर सभापतिका आकांक्षी नै धेरै भएकाले उक्त समूहले सभापतिकै उम्मदवार तय गर्न सकेको छैन। 

प्रकाशित: Dec 08, 2021| 13:37 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...