काठमाडौं- युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार समूह चरणका अन्तिम आठ खेल हुँदैछ। समूह चरणका खेलअन्तर्गत छैटौं म्याचडेका अन्तिम आठ खेल आज राति हुनेछन्।
३२ टिम सम्मितिल लिगमा समान ४/४ टिमको आठ समूह बनाइएका छन्। समूह चरणमा एक टिमले ६ खेल खेल्नुपर्छ। आठ समूहमध्ये चार समूहका आठ खेल मंगलबार(हिजो) राति नै सम्पन्न भइसकेका छन्। समूह ए, बी, सी र डीका सबै खेल हिजो सम्पन्न भएका हुन्।
आज समूह ई, एफ, जी र एचका अन्तिम खेलहरू हुनेछन्। समूहका एक टिमले होम र अवे गरि ६ खेल खेल्नुपर्ने हुन्छ। त्यसमा आज १६ टिमले आफ्नो छैटौं खेल खेल्दैछन्।
आजका खेल
समूह ई
बोन्फिका र डाइनामो किव, राति पौने २ बजे
बायर्न र बार्सिलोना, राति पौने २ बजे
समूह एफ
एटलान्टा र भिल्लारियल, राति पौने २ बजे
म्यानचेस्टर युनाइटेड र योङ बाइज, राति पौने २ बजे
समूह जी
आरबी साल्जबर्ग र सेभिया, राति पौने २ बजे
उल्भ्सबर्ग र लिल्ल, राति पौने २ बजे
समूह एच
जेन्ट र चेल्सी, राति साढे ११ बजे
युभेन्टस र माल्मो राति साढे ११ बजे
च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका टिम
समूह ए बाट म्यान्चेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) अर्को चरणमा पुगेका छन भने समू बी बाट लिभरपुल र एट्लेटिको मड्रिड अर्को चरणमा पुगेका हुन्।
त्यस्तै, समूह सी बाट आयाक्स र स्पोटिङ अर्को चरणमा पुगेका छन् भने रियल मड्रिड र इन्टर मिलान अन्तिम १६ मा पुगेका छन्।
यता आज राति समूह चरणका अन्तिम खेल खेल्न लागेका बायर्न, म्यानचेस्टर युनाइटेड, चेल्सी र युभेन्टस पनि अन्तिम १६ मा पुगिसकेका छन्। अन्तिम १६ मा पुग्ने बाँकी तीन टिमको टुंगो आज राति लाग्नेछ।