आइतबार, असार २१, २०८३

च्याम्पियन्स लिगको समूह चरणका अन्तिम आठ खेल आज

समूह चरणका खेलअन्तर्गत छैटौं म्याचडेका अन्तिम आठ खेल आज राति हुनेछन्।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं- युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार समूह चरणका अन्तिम आठ खेल हुँदैछ। समूह चरणका खेलअन्तर्गत छैटौं म्याचडेका अन्तिम आठ खेल आज राति हुनेछन्।

३२ टिम सम्मितिल लिगमा समान ४/४ टिमको आठ समूह बनाइएका छन्। समूह चरणमा एक टिमले ६ खेल खेल्नुपर्छ। आठ समूहमध्ये चार समूहका आठ खेल मंगलबार(हिजो) राति नै सम्पन्न भइसकेका छन्। समूह ए, बी, सी र डीका सबै खेल हिजो सम्पन्न भएका हुन्।

आज समूह ई, एफ, जी र एचका अन्तिम खेलहरू हुनेछन्। समूहका एक टिमले होम र अवे गरि ६ खेल खेल्नुपर्ने हुन्छ। त्यसमा आज १६ टिमले आफ्नो छैटौं खेल खेल्दैछन्।

आजका खेल

समूह ई

बोन्फिका र डाइनामो किव, राति पौने २ बजे

बायर्न र बार्सिलोना, राति पौने २ बजे

समूह एफ

एटलान्टा र भिल्लारियल, राति पौने २ बजे

म्यानचेस्टर युनाइटेड र योङ बाइज, राति पौने २ बजे

समूह जी

आरबी साल्जबर्ग र सेभिया, राति पौने २ बजे

उल्भ्सबर्ग र लिल्ल, राति पौने २ बजे

समूह एच

जेन्ट र चेल्सी, राति साढे ११ बजे

युभेन्टस र माल्मो राति साढे ११ बजे

च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका टिम

समूह ए बाट म्यान्चेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) अर्को चरणमा पुगेका छन भने समू बी बाट लिभरपुल र एट्लेटिको मड्रिड अर्को चरणमा पुगेका हुन्।

त्यस्तै, समूह सी बाट आयाक्स र स्पोटिङ अर्को चरणमा पुगेका छन् भने रियल मड्रिड र इन्टर मिलान अन्तिम १६ मा पुगेका छन्।

यता आज राति समूह चरणका अन्तिम खेल खेल्न लागेका बायर्न, म्यानचेस्टर युनाइटेड, चेल्सी र युभेन्टस पनि अन्तिम १६ मा पुगिसकेका छन्। अन्तिम १६ मा पुग्ने बाँकी तीन टिमको टुंगो आज राति लाग्नेछ।

प्रकाशित: Dec 08, 2021| 12:40 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।