बिहीबार, भदौ ४, २०८३

कांग्रेस सहमहामन्त्रीमा सीता गुरुङद्वारा उम्मेदवारी घोषणा

‘मैले लामो समयदेखि पार्टीमा काम गर्दै आएकी छु,’ गुरुङले भनिन्, ‘त्यही कारण मैले आदिवासी जनजातितर्फ सहमहामन्त्री पदका लागि मैले उम्मेदवारी दिने निर्णय गरेकी छु।’ यद्यपि आफूहरू अझै छलफलमा रहेको उनले बताइन्।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले केन्द्रीय सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्। गुरुङले आदिवासी जनजाति समूहतर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

‘मैले लामो समयदेखि पार्टीमा काम गर्दै आएकी छु,’ गुरुङले भनिन्, ‘त्यही कारण मैले आदिवासी जनजातितर्फ सहमहामन्त्री पदका लागि मैले उम्मेदवारी दिने निर्णय गरेकी छु।’ यद्यपि आफूहरू अझै छलफलमा रहेको उनले बताइन्।

कांग्रेस विधानमा समावेशी समूहको प्रतिनिधित्व हुने गरी ८ जना महामन्त्री हुने व्यवस्था गरिएको छ। 

गत प्रतिनिधिसभा निर्वाचनमा तेह्रथुमबाट चुनाव लडेकी उनी बाम गठबन्धनका उम्मेदवारसँग पराजित बनेकी थिइन्। यसअघि २०७४ को देउवा सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी थिइन्। 

दुवै संविधानसभामा सदस्य रहेकी गुरुङ संविधान मस्यौदा समितिकी सदस्य समेत थिइन्। तेह्रथुममा नेविसंघबाट उनले राजनीति सुरु गरेकी थिइन्। 

प्रकाशित: Dec 08, 2021| 11:48 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...