काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। बुधबार पार्टीले वेबसाइटमार्फत ४ हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक गरेको हो।
सर्लाहीका महाधिवेशन प्रतिनिधिको नाम भने यो सूचीमा समावेश हुन बाँकी छ। किनभने सर्लाहीका प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन नै सकिएका छैनन्। पछि पूरा नामावली राख्ने गरी अहिले प्रारम्भिक महाधिवेशन प्रतिनिधिका नामावली सार्वजनिक गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
यी हुन् कांग्रेसका महाधिवेशन प्रतिनिधि