बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेविसंघ अध्यक्ष ढुंगानाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

नेविसंघ अध्यक्ष ढुंगानाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं- नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। यही मंंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुन लागेको महाधिवेशनका लागि उनले बुधबार उम्मेदवारी घोषणा गरेका हुन्। 

उम्मेदवारी घोषणा गर्दै ढुंगानाले आफू विशेष परिस्थितमा नेविसंघ अध्यक्ष भएको बताउँदै अब पार्टीमै काम गर्ने सुनाए। भने, ‘नेविसंघबाट किन पार्टीमा आउन हतारो भन्ने पनि लागेको होला यहाँहरुलाई। म विशेष परिस्थितिमा अध्यक्ष भएको हुँ। उमेर हदका कारण नेविसंघको राजनीति गर्दिनँ भन्दा पनि नेताहरूले जिम्मेवारी दिनुभयो। अब कांग्रेसलाई हाँक्न, अघि बढाउन काम गर्छु।’

जनताको आशा कांग्रेसमाथि भएको बताउँदै उनले कांग्रेस गल्ती कमजोरी सुधारेर अघि बढोस् भन्ने चाहना आम जनताको रहेको बताए। उनले भने, ‘कांग्रेसलाई प्रशिक्षित कार्यकर्ताको अनुशासित संगठन चाहिएको छ। संगठनमा अनुशासन भएन भने चुनावमा जित हासिल गर्न सकिँदैन। अनुशासनको दायरा बढाएर लानुपर्छ। हामीले केन्द्रीय समितिमा कुरा उठाउँछौं। १० लाख नयाँ मतदाता थप्नुपर्नेछ र त्यसका लागि युवामैत्री कांग्रेस बनाउनुपर्छ। उनीहरूका लागि रोजगारीको अवसर सिर्जना गर्नुपर्नेछ। राष्ट्रियता र जनजिविकाका मुद्दामा कांग्रेस खरो उत्रन आवश्यक छ। भागवण्डामा होइनm पद्धतिमा चल्ने पार्टीका रूपमा विकास गर्न जरूरी छ। क्रियाशील सदस्यता वितरणमा सुधार गर्नुपर्नेछ। भातृसंस्थालाई भुत्ते बनाएर राख्नु भएन, सक्रिय बनाउनुपर्छ।’

पार्टीमै जाने भएपपिछ नेविसंघ अध्यक्षबाटबाट राजीनामा दिने उनले बताए। केन्द्रीय समितिमा एकपटक छलफल गरेर निर्णय लिने उनले सुनाए।

प्रकाशित: Dec 08, 2021| 10:24 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...