बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कर्णालीका मुख्यमन्त्रीले गरे कांग्रेस सह-महामन्त्रीमा उम्मेदवारी घोषणा

कर्णालीका मुख्यमन्त्रीले गरे कांग्रेस सह-महामन्त्रीमा उम्मेदवारी घोषणा

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसेको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसेको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

उनले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। ‘केन्द्रीय नेतृत्व तहमा रहेका साथीहरूसँग छलफल गरेर उम्मेदवारी घोषणा गरेको हुँ,’ मुख्यमन्त्री शाहीले नेपालसमयसँग भने, ‘म पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको उम्मेद्वार दिने पक्का हो।’

उम्मेदवारी घोषणा गरेका मुख्यमन्त्री शाही आज काठमाडौं प्रस्थाना गर्दैछन्। ‘उम्मेदवार बनेर मात्रै भएन, जित्नका लागि साथीहरुसँग भोट पनि माग्नु पर्‍यो,’ मुख्यमन्त्री शाहीले भने, ‘आवश्यक तयारी गर्न आज नै काठमाडौँ जाँदैछु।’

२२ वर्षको उमेरमा कांग्रेसको राजनीतिमा होमिएका उनी हुम्लाको पहिलो सभापति समेत हुन्। हुम्लामा २६ वर्ष लगातार सभापति बनेका उनी ११ औं, १२ औं र १३ महाधिवेशनमा केन्द्रीय सदस्य भएका थिए। लगातार तीन कार्यकाल केन्द्रीय सदस्य बनेका शाहीले पहिलो पटक पदाधिकारीमा भिड्न लागेका हुन्। उनी संस्थापन (शेरबहादुर देउवा) समूहका हुन्।

मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन हुँदै छ। मंसिर २५ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ।

प्रकाशित: Dec 08, 2021| 08:40 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...