आइतबार, असार २१, २०८३

पीएसजीको जितमा एम्बाप्पे र मेस्सीको दुई/दुई गोल

एम्बाप्पेले खेलको दोस्रो र सातौं मिनेटमा गोल गरे। यता मेस्सीले भने ३८ औं र ७६ औं मिनेटमा गोल गरेका थिए। पाहुना टिम क्लब ब्रुगका म्यट्स रिट्सले भने खेलको ६८ औं मिनेटमा गोल गरे।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं- फ्रेन्च फरवार्ड केलियन एम्बाप्पे च्याम्पियन्स लिगमा ३० गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन्। उनले समूह चरणको अन्तिम खेलमा क्लब ब्रुगविरुद्ध दुई गोल गर्दै च्याम्पियन्स लिगमा ३० गोल पुर्याएका हुन्।

त्यस्तै च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई जित दिलाउन एम्बाप्पेसहित लियोनेल मेस्सीले पनि दुई गोल गरे। यससँगै पीएसजीले क्लब ब्रगमाथि ४-१ गोलअन्तरको सानदार जित निकालेको हो।

पीएसजीले यो जितअघि नै लिगको अन्तिम १६ मा स्थान बनाइसकेको थियो। समूह चरणको अन्तिम खेलमा पनि उसले सहज जित निकाल्यो। जितका लागि एम्बाप्पेले दुवै गोल खेलका पहिलो सात मिनेटभित्रै गरेका थिए।

एम्बाप्पेले खेलको दोस्रो र सातौं मिनेटमा गोल गरे। यता मेस्सीले भने ३८ औं र ७६ औं मिनेटमा गोल गरेका थिए। पाहुना टिम क्लब ब्रुगका म्यट्स रिट्सले भने खेलको ६८ औं मिनेटमा गोल गरे।

यो जितसँगै पीएसजी समूह ए को दोस्रो स्थानमा पुगेको छ। पीएसजीभन्दा एक अंक धेरै रहेको म्यानेचेस्टर सिटी समूहको शीर्षस्थानमा छ। मंगलबार रातिको खेलमा सिटीले लाइप्जिकसँग २-१ गोलअन्तरको हार बेहोरेको छ।

प्रकाशित: Dec 08, 2021| 08:45 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।