बिहीबार, भदौ ४, २०८३

साझा उम्मेदवारको अलमलमा संस्थापन इतर समूह, आज पनि बैठक

लगातारको तीन दिनको छलफलबाट पनि संस्थापन इतर समूहले सभापतिका लागि साझा उम्मेदवारको टुंगो लगाउन सकेको छैन। १४औं महाधिवेशनको दुई दिन बाँकी रहँदा पनि पौडेल समूहले सभापतिको साझा उम्मेदवारको टुंगो लगाउन नसकेको हो।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं– लगातारको तीन दिनको छलफलबाट पनि संस्थापन इतर समूहले सभापतिका लागि साझा उम्मेदवारको टुंगो लगाउन सकेको छैन। १४औं महाधिवेशनको दुई दिन बाँकी रहँदा पनि पौडेल समूहले सभापतिको साझा उम्मेदवारको टुंगो लगाउन नसकेको हो।

केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाले सभापतिमा आफ्नो अडान कायमै राखेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले इतरपक्षबाट एक जना मात्रै उम्मेदवार भए आफूपछि हट्न सक्ने बताएका छन्।

तीन दिनको छलफलबाट कुनै निकास दिन नसकेका वरिष्ठ नेता पौडेलले बुधबार साँझसम्म निर्णयमा पुग्ने बताएका छन्। उनले विभिन्न कोणबाट छलफल भइरहेकाले बुधबार साँझसम्म ठोस निर्णयमा पुग्ने बताएका हुन्।

मंगलबार दिनभर चाक्सीबारीस्थित नेता प्रकाशमान सिंह निवासमा बसेको बैठकले साझा उम्मेदवार चयन गर्न नसके पनि सहमतिको नजिक पुगेको पौडेलले बताए। 

उता संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवाले पनि आफू निकट नेताहरूसँग छलफल थालेका छन्। सभापतिमा चुनौती दिने कोही नदेखिए पनि उनलाई पदाधिकारीको व्यवस्थापन भने जटिल हुने देखिएको छ। 

सभापतिमा आफूलाई चुनौती दिने कोही नभए पनि आफ्नो समूहको व्यवस्थापनका लागि देउवा लागि परेका हुन्। त्यसका लागि देउवाले बुधबार बिहान आफ्नो टिममा रहेका र पदाधिकारीमा आकांक्षा राखिरहेका नेताहरूसँग छलफल गर्न लागेका छन्। 

कांग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट छानिने व्यवस्था रहेको छ। 

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेस विधानमा व्यवस्था गरिएको छ । त्यस्तै निर्वाचित बाहेक ३३ जनालाई सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था गरिएको छ।

प्रकाशित: Dec 08, 2021| 07:58 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...