आइतबार, असार २१, २०८३

पोर्टोलाई पराजित गर्दै एथ्लेटिको अन्तिम १६ मा

प्रतिस्पर्धात्मक र सकसपूर्ण खेलमा एथ्लेटिको मड्रिडले जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ। एथ्लेटिकोले घरेलु टिम पोर्टोलाई ३-१ गोलअन्तरले हराएको हो।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं- मंगलबार राति पोर्टो र एथ्लेटिको मड्रिडबीचको खेलमा तीन खेलाडीले रातो कार्ड पाएका छन्। त्यसमा दुई रातो कार्ड पोर्टाका खेलाडीले पाए भने एथ्लेटिको मड्रिडका एक खेलाडीले कार्ड पाएका थिए।

खेलको ६७ औं मिनेटमा पोर्टोलो थ्रो इन पाएको अवस्थामा एथ्लेटिकोका यान्निक करास्को बल नदिएपछि र विपक्षी टिमका खेलाडीलाई धकेलेपछि उनले रातो कार्ड पाएका थिए। त्यसको तीन मिनेटपछि पार्टोका वेन्डेलले पनि रातो कार्ड पाए। एथ्लेटिकोका कुन्ह्वालाई खराब ट्याक गरेको भन्दै रेफ्रीले उनलाई मैदानबाट बाहिर पठाएका थिए।

खेलको ७५ औं मिनेटमा पोर्टोका अगस्तिन मर्चेहेसिनले पनि रातो कार्ड पाए। दुई टिमबीच झडप भइरहेको अवस्थामा बेन्चमा रहेका अगस्तिनले रातो कार्ड पाएका थिए।

प्रतिस्पर्धात्मक र सकसपूर्ण खेलमा एथ्लेटिको मड्रिडले जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ। एथ्लेटिकोले घरेलु टिम पोर्टोलाई ३-१ गोलअन्तरले हराएको हो।

स्पेनिस टिम एथ्लेटिकोका लागि एन्टोइन ग्रिजमन, एन्जन कोरिया र रोड्रिडो डि पालले गोल गरे। पोर्टोका सर्जियो ओलिभिएराले एक गोल फर्काए।

प्रकाशित: Dec 08, 2021| 08:20 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।