बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महाधिवेशनका लागि टिम बनाउन देउवाले पनि बोलाए आफूपक्षका नेताको भेला

महाधिवेशनका लागि टिम बनाउन देउवाले पनि बोलाए आफूपक्षका नेताको भेला

पदाधिकारीका उम्मेदवार तय गर्नका लागि देउवाले भेला बोलाएका हुन्। भेलामा पदाधिकारीमा आकांक्षा देखाएका आफू पक्षका नेताहरूलाई बोलाइएको छ।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आफू पक्षका नेताहरूको भेला बोलाएका छन्। बुधबार बिहान ९ बजे आफ्नो निजी निवास बूढानीलकण्ठमा भेला बोलाइएको हो। 

पदाधिकारीका उम्मेदवार तय गर्नका लागि देउवाले भेला बोलाएका हुन्। भेलामा पदाधिकारीमा आकांक्षा देखाएका आफू पक्षका नेताहरूलाई बोलाइएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार बैठकले उम्मेदवारको टुंगो भोलि नै लगाउन नसके छलफल जारी हुनेछ। 

देउवा पक्षका नेताहरूले अझसम्म पनि पदाधिकारीमा उम्मेदवार बन्ने ‍औपचारिक रूपमा घोषणा गरेका छैनन्।

उता संस्थापन इतर पक्षले सभापतिका लागि साझा उम्मेदवार तय गर्नका लागि बुधबार बिहान ९ बजे नै भेला बोलाएका छन्। यद्यपि भेलामा शेखर कोइरालाले भने आफू सहभागी नहुने बताइसकेका छन्।

रामचन्द्र पौडेलले आफ्नो पक्षबाट एक जना मात्र उम्मेदवार बन्ने र त्यो बुधबार साँझ सार्वजनिक गर्ने दाबी गरेका छन्। सभापतिमा आकांक्षा राख्दै आएका महामन्त्री शशांक कोइराला भने ब्याक हटेका छन्। 

कांग्रेस महाधिवेशन मंसिर २४ मा उद्घाटन हुँदै छ। 


प्रकाशित: Dec 07, 2021| 21:45 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...