बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रियसभाको निर्वाचन कार्यक्रम सार्वजनिक, पुस २० मा उम्मेदवारी दर्ता

राष्ट्रियसभाको निर्वाचन कार्यक्रम सार्वजनिक, पुस २० मा उम्मेदवारी दर्ता

निर्वाचन आयोगले माघ १२ मा हुने राष्ट्रियसभाको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगका अनुसार पुस २० गते उम्मेदवारी दर्ता र सोही दिन उम्मेदवारको नामावली प्रकाशित गरिने भएको छ।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं - निर्वाचन आयोगले माघ १२ मा हुने राष्ट्रियसभाको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगका अनुसार पुस २० गते उम्मेदवारी दर्ता र सोही दिन उम्मेदवारको नामावली प्रकाशित गरिने भएको छ। 

पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

निर्वाचको कार्यक्रम भने पुस १७ गतेबाटै सुरु हुनेछ। सो दिन मतदाताहरूको नामावली प्रकाशित हुनेछ। नामावलीमा कुनै त्रुटी भए सच्याउने र उजुरी दिनका लागि पुस १८ र १९ गते तोकिएको छ।

प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको आयोगले जनाएको छ। 

प्रकाशित: Dec 07, 2021| 21:40 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...