मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • कांग्रेस सभापतिको उम्मेदवार बन्नै रस्साकस्सी, बारलाई ओलीले दिए यस्तो जवाफ [२०७८-८-२१]

कांग्रेस सभापतिको उम्मेदवार बन्नै रस्साकस्सी, बारलाई ओलीले दिए यस्तो जवाफ [२०७८-८-२१]

पौडेलसँगै प्रकाशमान सिंह, शेखर कोइराला र शंशाक कोइराला सभापतिको आकांक्षी छन्। युवा नेताहरुले सहमतिमा उम्मेदवारको टुंगो लगाउन दबाब दिएपछि उनीहरु रातभर बसेर भए पनि ४ मध्ये एक जनाको नाम चयन गर्ने तयारीमा जुटेका हुन्।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

दौडधुपमा कांग्रेस नेता

नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १४ औँ केन्द्रिय महाधिवेशन अन्तिम चरणमा पुगेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए। उनले नेपाली काँग्रेस पार्टीको ८ वटा चरणमध्ये ७ वटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको बताए।

प्रवक्ता शर्माले प्रदेश २ को प्रदेश अधिवेशन र केही जिल्लाको अधिवेशन बाहेक अन्य सबै तहका निर्वाचन सकिएको र प्रदेशमा २ मा महाधिवेशनपछि निर्वाचन गर्ने बताएका छन्। 

उनले केन्द्रिय महाधिवेशनको लागि आवास, खाद्यान्नको व्यवस्थापन र प्रचारप्रसारका कामलाई तीव्रताका साथ अघि बढाइएको बताउँदै महाधिवेशनको स्वागत द्वार र श्रृंगारको संयोजक केपाली काँग्रेस काठमाडौं जिल्लाका सचिव गोविन्द पुडासैनीलाई बनाएर काम अघि बढाइएको पनि बताएका छन्। 

प्रवक्ता शर्माले २०४६ सालको परिवर्तनपछि महाधिवेशन आयोजना गर्ने राजनीतिक दलले नीतिको कुरा गरेपनि त्यो भन्दा प्रधान विषय नेतृत्वमा चयन हुँदै आएको र यसपटक भने पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको प्रश्तावमा महाधिवेशनपछि नीति अधिवेशन हुने बताए। उनले यस महाधिवेशनमा नेतृत्व चयनको विषय भएकोले नीतिका कुराहरु नगरिने स्पष्ट पारे। 

कांग्रेस, देश र समाज रुपान्तरणको लागि विभिन्न नेताहरुले राखेका कुरा केन्द्रिय महाधिवेशनको विषयवस्तु नबने पनि नीति अधिवेशनमा यिनै कुराहरुलाई विषयवस्तु बनाइने बताए। 

संस्थापन इतरको साझा उम्मेदवार बुधबार

नेपाली कांग्रेसको संस्थापन इत्तर समूहले आज रातभर बसेर भएपनि सभापतिको उम्मेदवार टुंगो लगाउने भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा लड्ने आफू पक्षका साझा उम्मेदवारबारे आजै निर्णय बताएका हुन्। दिउँसो प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको भेलामा नेता पौडेलले रातभर बसेर भएपनि उम्मेदवार टुंगो लगाउनु पर्ने प्रस्ताव गरेका थिए। त्यसमा अन्य तीन जना नेताहरु सहमत भएका छन्। 

पौडेलसँगै प्रकाशमान सिंह, शेखर कोइराला र शंशाक कोइराला सभापतिको आकांक्षी छन्। युवा नेताहरुले सहमतिमा उम्मेदवारको टुंगो लगाउन दबाब दिएपछि उनीहरु रातभर बसेर भए पनि ४ मध्ये एक जनाको नाम चयन गर्ने तयारीमा जुटेका हुन्। 

यसैबिच, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताएका छन्। सोमवार काठमाडौंको रामशाहपथस्थित एक पार्टी प्यालेसलाई आफ्नो सम्पर्क कार्यालय संचालन गरेका नेता सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने दाबी गरेका हुन्। उनले आफू प्रकृतिक उम्मेदवार भएको कारण  पार्टीमा सभापति बन्ने पालो आएको बताए। नेता सिंहले आफूले पाएको अनुभवबाट पार्टीलाई सुदृढ, संस्थागत, विधिसम्मत तरिकाबाट अघि बढाउन र पार्टीमा आउने समस्याहरुलाई विधिवत तरिकाबाट सामना गर्न सक्ने सक्षम पार्टी आफू नेतृत्वमा पुगेपछि बनाउने दाबी गरे।

नेता सिंहले संस्थापनइतरबाट पार्टी नेतृत्वको साझा उम्मेदवारीका लागि धेरै पटक बैठक बसेको र आज पनि छलफल गरेर निर्णयमा पुग्ने बताए। 

ओलीसँग बार

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने पक्षमा नरहेको बताएका छन्। 

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नामै लिएर सत्तापक्ष प्रधानन्यायाधीश जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको दावी गरेका हुन। मंगलबार प्रधानन्यायाधीश जबरालाई हटाउनका लागि सहयोगको याचना गर्दै बालकोटस्थित ओली निवासमा पुगेका नेपाल बार एशोसिएशन नेतृत्वको टोलीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जबरालाई हटाउन संसदमा महाअभियोग प्रस्ताव नआउने बताए। उनले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश जबराले मन्त्री पद लेनदेन नगरेको भन्दै बचाउमा उभिएको तर्क समेत गरे। 

अध्यक्ष ओलीले आफूले अदालतसँग कुनै लेनदेन नगरेको पनि दाबी गरे। उनले न्यायालयको सुधारका लागि मनैदेखि लाग्न पनि आन्दोलनरत कानुन व्यवसायीहरुलाई आग्रह गरे। उनले एकापक्षीय ढंगले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दैमा न्यायालयमा सुधार नआउने उनको भनाइ थियो।

अध्यक्ष ओलीले आफू अदालतको विषयलाई लिएर कुनै पनि व्यक्तिको बचाऊमा नलाग्ने स्पष्ट पारे। कानुन व्यवसायीहरुले भने प्रधानन्यायाधीश विरुद्धको महाअभियोग एमालेको सहयोग बिना पारित नहुने भएकाले सहयोग गर्न आग्रह गरेका थिए।   

ओलीको पार्टी समाप्त भइसक्यो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको दाबी गरेका छन्। 

सोमवार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताउका हुन। एमाले भित्र पार्टीको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउने बताउँदै अध्यक्ष नेपालले अब ओली एण्ड कम्पनीको दिन सकिएको समेत बताए। उनले पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको समेत बताउका छन्। अध्यक्ष नेपालले एमाले भन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गएकोसमेत दाबी गरे। 

अध्यक्ष नेपालले एमाले भित्र रहेका नेताहरुको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै अबका दिनमा राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादी एक हुने दाबीसमेत गरे।

मुस्लिम समुदायबारे राष्ट्रसंघको चासो

संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ। मंगलवार मुस्लिम आयोगका पदाधिकारीहरुलाई आयोगको कार्यालयमा भेट गरी संयुक्त राष्ट्रसंघको एक प्रतिनिधी मण्डलले नेपालमा रहेका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था र मुस्लिम समुदायलाई परेका समस्याहरुको सम्बन्धमा चासो व्यक्त गरेको हो। 

संयुक्त राष्ट्रसंघको चरम गरिबी र मानव अधिकार हेर्ने विशेष टोलीको संयोजक ओलीभर डे स्कटरको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले आयोगले गरिरहेको काम, मुस्लिम समुदायको शिक्षाको अवस्था, भुगोल अनुसार बसोबासको अवस्था लगायतको विषयमा जिज्ञासा राखेको आयोगका अध्यक्ष समिम मिया अन्सारले बताइका छन्। 

प्रतिनिधी मण्डलले नेपालको मुस्लिम समुदायको अवस्थाको सम्बन्धमा सन् २०२२ मा जेनेभामा हुने सम्मेलनमा रिपोर्ट पेश गर्ने बताएको आयोगका अध्यक्ष अन्सारीले जानकारी दिए। 

बजारलाई लगाम लगाउने नीति अंगाल्दा निरन्तर गिरावट : राधा पोखरेल

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले शेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजार निरन्तर गिरावट आएको बताएकी छिन्।

सोमबार नेपाल न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष पोखरेलले नियामक निकायहरुले शेयर घटिरहेको अवस्थामा केही नबोल्ने तर,शेयर बजारले एउटा उचाई लिएपछि बजारलाई लगाम लगाउने हिसाबले नीति अंगाल्न थालेको बताएकी छिन्। उनले शेयर बजार नियामक निकायहरुले शेयर बजार बढी रहेको अवस्थामा जसरी हुन्छ बजारलाई लगाम लगाउने गरी पछिल्ला नीतिहरु ल्याउने गरेको बताइन। 

शेयर बजार ३२ सय बिन्दुमा पुग्दै गर्दा नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नामै किटान गरेर सार्वजनिक गर्न, मौद्रिक नीतिमा शेयर बजारका लागि कडाइ गर्नु नियामक निकायहरुको शेयर बजार प्रतिको नकारात्मक सोच भएको पोखरेलले आरोप लगाइन। 

उनले कोरोना महामारी सुरु हुने बेला १८ लाख लगानीकर्ता रहेकोमा अहिले बढेर ४६ लाख पुगेको बताउनु भयो। अध्यक्ष पोखरेलले पछिल्लो समय विस्तारै बन्द रहेका उद्योग व्यवसाय खुल्दै जाँदा मुलुकको अर्थतन्त्र पनि विस्तारै चलायमान हुदै गएको बताइन। 

उता सोमबार ३२.२२ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पुनः गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक ३७.१८ अंकले घटेर २ हजार ५०८.९१ बिन्दुमा झरेको छ। आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.८५ अंकले घटेर ४७४.१३ बिन्दुमा झरेको छ। आज कारोबारमा आएका २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँको शेयर कारोबार भएको छ। आज बजारसँगै कारोबार रकम समेत घटेको छ। 

सोमाबार ४ अर्ब ५४  करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको थियो। आजको कारोबारमा नेप्सेका १३ उपसमूहमध्ये व्यापार र म्यूचुअल फण्ड बाहेक सबै उपसमूह घटेको देखिएको छ। 

चिसो बढ्न सक्ने विज्ञको भनाइ 

नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै शतर्क रहन विज्ञहरुले सचेत गराएका छन्।

पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने र त्यस वायुले पृथ्वीको सतह नजिकै बसिरहने भएकोले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरुले सचेत गराएका हुन्। पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रसहित देशभर हावा प्रवाह सुचारुरुपमा हुन नसक्दा यसको सिधा असर जनस्वास्थ्यमा पर्ने भएको भन्दै विज्ञहरुले त्यसतर्फ तयारी थाल्न सरकारलाई सुझाव दिएका हुन्। 

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जलवायुजन्य विपद्बाट बच्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक रणनैतिक तयारी थाल्नुपर्ने बताए। 

यता राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी डा. डिजन भट्टराईले शीतलहर र मनसुनजन्य विपद्को प्रतिकार्य, राहतउद्धार गर्ने कामको कार्यान्वयन गर्ने मुल जिम्मेवारी जिल्ला र स्थानीय तहलाई दिएकोले स्थानीय तहले नै सम्पूर्ण काम गर्ने बताए। 

प्रवक्ता भट्टराईले हालसम्म प्राधिकरणमा आफैँ पूर्व सूचना प्राप्त गर्ने संयन्त्र निर्माण गर्न नसक्नु चुनौति रहेको बताए। उनले मौसम विज्ञान विभाग (डीएचएम) बीचको सहकार्यमा आएका सूचनाहरुलाई गम्भीरताका साथ लिएर मात्रै जनतासमक्ष पूर्वसूचना दिने गरेको बताएका छन्। 

३१५ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

९ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २ हजार ४ सय २४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जना गरी ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३०४ जना निको भएका छन्। नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ७६४ पुगेको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ। 

काठमाडौंमा जुम्लीको र्‍याली

जुम्लामा विद्युत नियमित र व्यवस्थित गर्न दबाब दिदैँ जुम्लाका जनताले काठमाडौंमा सांस्कृतिक र्‍याली निकालेका छन्। मंगलवार जुम्लाका प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतको नेतृत्वमा जुम्लाका जनताले शान्तिबाटिका, रत्नपार्क हुँदै नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयसम्म स्थानीय सांस्कृतिक र्‍याली निकालेका हुन्। स्थानिय झाँकी, बाजागाजा र नाँचगानसहित र्‍याली गरिएको थियो। जुम्लामा विद्युत नियमित र व्यवस्थित गर्न पटक पटक विद्युत प्राधिकरणलाई अनुरोध गर्दा पनि नसुनेको भन्दै सरकार र विद्युत प्राधिकरणलाई सुनाउनका लागि बाजागाजासहिहत र्‍याली गर्नुपरेको प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतले बताए 

र्‍यालीसहित नेपाल विद्युत प्राधिकरणमा पुगेका जुम्लाका जनताले कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकक्षमा नजाने भन्दै घिसिङलाई ज्ञापन पत्र बुझ्न प्राधिकरणको आँगन बाहिर नै बोलाएका थिए। कुलमान आँगनमा आउन ढिलो गरेपछि ज्ञापन पत्र प्राधिकरण भवन बाहिर नै टाँसिएको थियो। यद्यपी कार्यकारी निर्देशक घिसिङ प्राधिकरणको आगनमा आएर जुम्लामा मिटर पठाउने प्रतिवद्धता गरे। 

ज्ञापन पत्रमा ३३ केभिए प्रशारण लाइन निर्माण कार्यमा भइरहेको ढिलाइको अन्त्य गरी शिघ्र कार्य सम्पन्न गर्नुपर्ने र ११ केभिए लाइनमा भएको भोल्टेज उतार चढाव समस्या समाधान गर्नुपर्ने लगायतका माग पनि गरिएको छ।

फेसबुकविरुद्ध रोहिंग्याले हाले मुद्दा

अमेरिका र बेलायतमा रहेका रोहिंग्या शरणार्थीहरूले घृणा फैलाएको भन्दै फेसबुकविरुद्ध मुद्दा हालेका छन्। रोहिंग्या समुदायविरुद्ध घृणा फैलाएको भन्दै उनीहरूले क्षतिपूर्तिस्वरूप १ खर्ब ५० अर्ब डलर मागेका छन्। फेसबुकले अल्पसंख्यक रोहिंग्या समुदायमाथि हिंसा बढाएको पनि उनीहरूले आरोप लगाएका छन्। 

बौद्ध बाहुल्य म्यानमारमा सन् २०१७ मा गरिएको सैन्य कारबाहीमा करिब १० हजार रोहिंग्या मारिएका थिए। फेसबुक(मेटा) ले भने यसबारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। कम्पनीलाई वर्षौंदेखि घृणित र गलत सूचनासहित सामग्रीको प्रचारप्रसारमा रोक नलगाइएको आरोपसमेत लागेको छ। बीबीसीका अनुसार फेसबुकविरुद्ध एल्गोरिदम प्रयोग गरेर रोहिंग्या समुदायविरुद्ध घृणा फैलाइएको आरोप लगाएको छ। रोहिंग्याविरुद्ध घृणा फैलाइएका पेज र पोस्ट नहटाएको पनि फेसबुकमाथि आरोप लागेको छ। 

राखेप सदस्यसचिवलाई एनएनआइपीएको ध्यानाकर्षण

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई खेलाडीको सेवा सुविधामा सम्बोधन गर्न भन्दै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपिए)ले आज ध्यानाकर्षण पत्र बुझाएको छ। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आज एक कार्यक्रमको आयोजना गरेर नवनियुक्त राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई ६ बुदे ध्यानाकर्षण पत्र बुझाएको हो। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठको संयोजकत्वमा विभिन्न ६ वटा माग राख्दै ज्ञापनपत्र सदस्य सचिवलाई ज्ञापन पत्र बुझाएको हो। खेलाडीहरुले मागपत्र बुझाएपछि सदस्य सचिव टंकलाल घिसिङले खेलाडी संघले राखेको धेरैजसो मागहरु आफूलो तयार पारेको कार्ययोजनामा रहेको बताए। 

खेलकुद पृष्ठभूमिका समेत रहेका सदस्य सचिव खेलकुदमा विज्ञ भएको भन्दै  खेलाडी संघले राखेका मागलाई केहि हदसम्म सुनुवाई हुनेमा खेलाडी विश्वस्त भएका छन्। संघले नेपाली खेलकुदमा नेतृत्व परिवर्तन भएपश्चात सधै आफ्ना मागहरु राख्दै ज्ञापनपत्र बुझाउने गरेको छ।

प्रकाशित: Dec 07, 2021| 20:29 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।