बुधबार, जेठ २०, २०८३

विवाहपञ्चमी महोत्सव अन्तर्गत मटकोर सम्पन्न

उनीहरुले माटो बोकेर नगर परिक्रमा समेत गरेका थिए। मटकोरको क्रममा गंगासागरको डिलमा भजनकीर्तनको कार्यक्रम समेत राखिएको थियो।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

जनकपुरधाम- साताव्यापी विवाहपञ्चमी कार्यक्रम अन्तर्गत मंगलबार जनकपुरधाममा मटकोर सम्पन्न भएको छ। मटकोरमा जानकी मन्दिरबाट बाजागाजासहित जनकपुरको ऐतिहासिक गंगासागरमा पुगी बिहेको वेदी बनाउनका लागि माटो ल्याएका छन्।

National life

उनीहरुले माटो बोकेर नगर परिक्रमा समेत गरेका थिए। मटकोरको क्रममा गंगासागरको डिलमा भजनकीर्तनको कार्यक्रम समेत राखिएको थियो। 

जानकीको प्रतीकको रुपमा रहेकी बालिकालाई लिएर गाजाबाजा सहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव गंगासागर पुगेका थिए। वैदिक मन्त्र उचारण गरी विधिपूर्वक जानकी मन्दिरमा भित्रयाईएको माटोले रामजानकी विवाहका लागि विवाहको वेदी तयार गर्ने चलन रहेको छ।

जनकपुरधाममा सताव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र पाँचौ दिन मटकोर कार्यक्रम सम्पन्न भएको हो। 

बिहीबार विवाहोत्सव र शुक्रबार रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ।

Shivam cement

प्रकाशित: Dec 07, 2021| 18:14 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।